

सखुवाप्रसौनी । पर्साको सखुवाप्रसौनी गाउँपालिकाकि उपाध्यक्ष फुलमती देवी थरुनी माथी गा पा अध्यक्ष प्रदीप कुमार जयसवालले २२ गते गरेको हातपात तथा वहामाथी भएको दुर्व्यवहारको घटनाप्रती घोर भर्त्सना गर्दै आज सर्ब दलिय पार्टीकाअगुवा,कार्यकर्ताहरुले गा पा को वडा नम्बर,२ श्रीपुरमा सखुवाप्रसौनी गा पा को उपाध्यक्ष फुलमती देवी थरुनीको अध्यक्षतामा बिरोध सभा कर्यक्रम सम्पन्न गरि गा पा अध्यक्ष प्रदीप कुमार जयसवाल,वडा नम्बर,३ का वडाध्यक्ष सलिम मिया अन्सारी र वडा नम्बर,५ का वडाध्यक्ष रुपलाल कुमार यादव यी तीन जना मिली गा पा उपाध्यक्ष फुलमती देवी थरुनी माथी घटेको अ मानबिय घटना महिला हिंसा तथा पदिय मर्यादा बिपरित भएको अनुचित कार्य गरेको घटनाप्रती घोर भत्सर्ना प्रती ध्यान कर्स्ण गराउदै उक्त घटनामा संलन ब्यक्तिहरुलाइ कानुनी कर्वाहीको माग गर्दै तपसिलका माग ३ दीन भित्र गर्न गराउन सर्बदलिय पार्टीका अगुवाहरु सखुवाप्रसौनी गा पा को प्रमुख प्रशासकिय अधिकृत देवनाथ साहलाइ गा पा कर्यालयमा ज्ञापनपत्र बुझएको हो।साथै ३ दीन भित्र बुझाएको ज्ञापनपत्रको कुनै सुनुवाइ न भएकोक्रममा सर्बदलिय समिती द्वारा स सक्त आन्दोलन कार्यक्रम गर्ने ज्ञापनपत्रमा उल्लेख छ।यो ज्ञापनपत्र जिल्ला प्रशासन कर्यालय, बिरगंज,पर्सा र बोधार्थमा सखुवाप्रसौनी गा पा मा बुझाएको सर्बदलिय समितीले जानकारी गराएको हो।