वीरगञ्ज । पर्सा जिल्लाको पोखरिया नगरपालिकाका नगरप्रमुख दिपनारायण रौनियारले आज एक कार्यक्रम बीच नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन् । रौनियारलाई नेपाली काङ्ग्रेसका सभापति एवम् प्रधानमन्त्री शेर बहादुर देउवाले टिका र माला लगाएर नेपाली काङ्ग्रेस पार्टीमा स्वागत गरेका छन् ।
नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति पर्साले वीरगञ्जमा बिहिवार आयोजना गरेको प्रमाण पत्र वितरण तथा पदस्थापन कार्यक्रमका अवसरमा रौनियारले पार्टी प्रवेश गरेका हुन् । नेपाली काङ्ग्रेसको सदस्यता प्रदान गर्दै देउवाले रौनियारलाई पार्टीमा स्वागत गरेका छन् ।
गत निर्वाचनमा नेपाली जनता दलबाट ३ हजार २५ मत प्राप्त गरेर नगरप्रमुखमा निर्वाचित भएका रौनियार अब नेपाली काङ्ग्रेसबाट पुनः पोखरिया नगरपालिकाको मेयरमै निर्वाचनमा होमिने तयारी गरीरहेका छन् ।