रौतहट । सशस्त्र प्रहरीको टोलीले रौतहट जिल्लाको बौधीमाइ नगरपालिका वडा नम्बर ९ स्थित दशगजा क्षेत्र बाट स्रोत नखुलेको रकम सहित एक जना भारतीय नागरिकलाइ पक्राउ गरेको छ । विशेष सुचनाको आधारमा गएका सशस्त्र प्रहरी बल नेपाल ११ नम्बर गण रौतहट र सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्मस्ता बाहिनी मुख्यालय महोतरीको संयुक्त टोलीले भारतबाट नेपाल आउदै गरेको दच ०५ थ २९७९ नम्बरको मोटर साइकल रोकी चेकजाच गर्दा सो भित्र लुकाएर राखेको अवस्थामा १८ लाख ७३ हजार रुपैया बरामद भएको सशस्त्र प्रहरी बल नेपाल ११ नम्बर गण हजमिनिया रौतहटले जनाएको छ ।
स्रोत नखुलेको उक्त रकम सहित भारतको पुर्विचाम्परण जिल्लाको महन्गुवा गुरहेन्बा वडा नम्बर २ निवासी ४५ वर्षीय दिप नारायण प्रसाद पक्राउ परेकोले बरामद भएको रकम ,मोटर साइकल सहित व्यक्तिलाई कार्यवाहीको लागि जिल्ला भन्सार कार्यालय बुझाईएको सशस्त्र प्रहरी उपरीक्षक ध्रुब बहादुर कार्कीले जनाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल ११ नम्बर गणका अनुसार आर्थिक बर्ष २०७८÷०७९ मा अहिले सम्म स्रोत नखुलेको रकम ३९ लाख ८ हजार बरामद गरिएको छ भन्ने १३ जना पक्राउ परिसकेको छ । मोटर साइकल ५३ वटा , पिक अप १ वटा , त्रेक्टर २ वटा , अटो रिक्सा २ र बोलेरो गाडी १ सहित ५९ वटा सवारी साधन नियन्त्रणमा लिइएको गणपति सशस्त्र प्रहरी उपरीक्षक कार्कीले बताएका छन् ।