

पर्सा । जनता समाजबादी पार्टी नेपाल जसपा (नेपाल) पर्सा क्षेत्र नं ३ को क्षेत्रिय कार्यकर्ता भेला तथा होली मिलन समारोह कार्यक्रम आज पर्साको पोखरियामा समपन भएको छ। क्षेत्रिय कार्यकर्ता भेला तथा होलि मिलन समारोह सांसद हरिनारायण रौनियारको प्रमुख अतिथ्यतामा सो होलि मिलन कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा संबोधन गर्दै सांसद रौनियारले भने बितेको दिनमा भएको कमीकमजोरी लाई बिर्षेर ईमान्दारी पुर्वक लागन आग्रह समेत गरेका छन। सांसद रौनियार भने म चुनाव जीते देखिनै जनताहरु र बिकासको काम निरंतर लागि परेको छु । आफ्ना क्षेत्रका जनता हरुको दुख सुखमा साथैरहेको छु। केही दिन एता निलम्बनमा परेर पनि जनता हरुको दुख सुखमा रहेर भौतिक बिकास समेत गर्दै आएको दाबी गरे। सांसद रौनियारले बैसाख ३० गते हुन गईरहेको स्थानिय चुनावमा जसपा नेपालका नेता कार्यकर्ता हरुलाई गाउँ गाउँमा जान आग्रह समेत गर्नु भएको थियो। जसपा नेपालका नेता कार्यकर्ता हरुलाई चुनावमा लागेर छ वटा गाउँपालिका र नगरपालिकामा चुनाव जितन दाबी गरे। सांसद रौनियारले आफ्ना नेता कार्यकर्ता हरुलाई होली मिलन समारोहमा अबिर लगाउदै भने आऊने होलीको दिन विशेष टडक भडक नगरि सभ्यरुपमा होली पर्व मनाउन आग्रह समेत गरेका थिए। क्षेत्रिय कार्यकर्ता भेला तथा होली मिलन समारोह क्षेत्रिय अध्यक्ष नागेन्द्र यादवको अध्यक्षातामा समपन भएको थियो। कार्यक्रममा जसपा नेपाल बाट गाउँपालिका अध्यक्षमा निर्वाचित हुनु भएका बिजय चौरसिया, श्रीलाल साह मोदी, प्रदिप जयसवाल, जसपा नेपाल का प्रदेश सदस्य दिपक यादव , किसान संघका शिवकुमार साह,क्षेत्र नं ३ ख का बिधायक उमेदवार गौरिशंकर प्रसाद साह,पोखरिया नगरपालिकाको उपमेयर सलमा खातुन , युवा नेता राजु साह,सिंगासन साह, पानालाल साह, लगायत सयौको संख्यामा सहभागीता रहेको थियो।