बारा । सिमानाकाको मुख्य जिम्मेवारी पाएको सशस्त्र प्रहरीको मिलोमतोमा बाराको विभिन्न नाकाहरुवाट व्यापक रुपमा तस्करी भईरहेको छ।
सशस्त्र प्रहरी १२ गणका प्रमुख एवम सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र थापाले सशस्त्र प्रहरी हेडक्वाटर काठमाडौको निर्देशनको धज्जिया उदाउँदै सशस्त्र प्रहरीका हवल्दार अशोक साहलाई घुमुवा परिचालन गरि चाडपर्बको नाऊमा तस्करहरु संग मोटो रकमको नजराना बुझि ठुलो मात्रामा तस्करीको लाईन दिएको स्रोतले जनाएको छ।
सशस्त्र प्रहरीका बल १२ नम्बर गणका प्रमुख थापाले परिचालन गरेका घुमुवा हवल्दार साहलाई घुमुवा परिचालन गरि मोटो रकमको नजराना बुझी बाराका मटिअार्वा , समाचार स्रोतका अनुसार बारा जिल्लाका विभिन्न नाकाबाट दिइएको लाइन र तस्करीबाट प्रहरीलाई यतिखेर चाँदी कटाई भएको छ । दुबै प्रहरीको मिलोमतोमा हरपुर नाका हुँदै छतवाबाट भोला यादवलाई कपडाको लाइन र मटिअर्वाबाट रामअयोध्या, प्रेम किराना, मनाङ कपडा व्यापारी, छतवा नाकाबाट कपडा, जुत्ता चप्पल व्यापारी भोला, गोलागंज नाकावाट कपडाको तस्करी गर्ने भोला, संदीप, शयामसुन्दर, उमेश, हार्डयेवर व्यापारी उपेन्द्र, मास्टरले पाएका छन् । पिपरपाती नाकाबाट कपडाको काम गर्ने मिश्रीलाल, बेलदारी नाकावाट कपडाको काम गर्ने खेन्ना र लालबाबुलगायतका तस्करहरुले तस्करीको लाइन पाएका छन् ।
यस्तै बाराको बरैनिया, आमवा, कवहीगोठ, मटिअर्वा, सिम्रौनगढ, कचोर्वा सिमानाकाबाट पनि तस्करी सुचारु भएको छ । एसपी र साह दुबै तस्करीको लाइन दिएर कमाउने होड चलेको छ । चोरी–पैठारी नियन्त्रण गर्नको लागि खटाएको सशस्त्र प्रहरीको लागि घुमुवाको के कामत तर पनि बाराका एसपीले साहलाई परिचालन गरि मोटो रकमको नजराना लिई तस्करी सुचारु गराएको नाम नछाप्रने सर्तमा एक तस्करले जनाएको छ।
सशस्त्र प्रहरी बल १२ नम्बर गणका प्रमुख थापाले अाफ्नो संगठनको प्रमुखको निर्देशन विपरीत साहलाई घुमुवा परिचालन गरेपनि कार्यबाहि नहुन्नु सशस्त्र प्रहरीको संगठन माथि चासोको बिषय बनेको छ।