वीरगन्ज, । वीरगन्ज माहानगरपालिकाको वडा नम्बर २५ आई.सि.पि. ड्राईपोर्ट सडक खण्ड नजिकैबाट सशस्त्र प्रहरीले तस्करीको समान सहित ट्रक नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी नायव उपरीक्षक निर्मल कुमार थापाको नेतृत्वमा खटिएको सशस्त्र प्रहरीको टोलीले भारतबाट विल विजक भन्दा फरक माल सामान ल्याइएको ट्रक नियन्त्रणमा लिएको हो । रु २६,९७,३६३ रुपैया मुल्य बराबरको Center Hole Samet, Vac Capacitor KonarkSamet Printed Paper Box लोड रहेको ना ३ ख १८८४ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो ।
आइसीपीबाट भन्सार जाचपास भइ छुटेको ट्रक गाडी, सशस्त्र प्रहरीले रोकेर चेकजाच गर्दा भन्सार राजश्व छलेर ल्याइएका २६ लाख ९७ हजार ३ सय ६३ रुपैया मुल्यको समान बरामद भएको पर्साका सशस्त्र प्रहरी उपरिक्षक तेज प्रसाद पोखरेलले जानकारी दिनुभयो ।
नियन्त्रणमा लिएको ट्रक २२,००,००० लाख मूल्यांकन गरी बरामद समान सहित ट्रक आवश्यक कार्वाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।