पोखरिया । पर्साको पोखरीया नगरपालिकामा रहेको पोखरिया अस्पतालमा वीरगञ्ज उद्योग वाणिज्य संघद्वारा स्तरोन्नती गरिएको शल्य चिकित्सा कक्ष र सघन चिकित्सा कक्षको उद्घाटन गरिएको छ ।
पोखरिया नगरपालिकाको वाडा नम्बर ४ पोखरिया बजारमा रहेको अस्पतालमा शल्य चिकित्सा कक्ष र सघन चिकित्सा कक्षको नगर प्रमुख दीपनारायण रौनियार र नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको संयुक्त रुपमा उद्घाटन गरिएको छ ।
नगरपालिकामा संचालित रहेको पोखरिया अस्पतालमा तत्कालका लागि फार्मेसी, गर्भवती जाँच सेवा, भिडियो एक्सरे , डिजिटल एक्सरे , ओपिडि सेवा , नेबुलाइजर र २४ औ घन्टा आप्ताकालीन सेवा ,एमबुलेन्स लगायतको सेवा प्रवाह भईरहेको अस्पतालमा आज देखी शल्य चिकित्सा कक्ष र सघन चिकित्सा कक्ष संचालनमा आएको नगर प्रमुख रौनियारले जानकारी दिएका छन् । अस्पतालमा चिकित्सकसंग पोखरिया नगरबासी लगायत आऊने सम्पूर्ण नागरिकलाई उपचार गराउने तथा परामर्श समेत दिने ब्यवस्थापन गरिएको उनले बताए ।
.jpeg)
‘निजी अस्पतालमा उपचारमा लाग्ने खर्च आम सर्वसाधारणले बेहोर्न सक्दैनन् । गरिब, विपन्नको उपचार गर्ने थलो भनेको पोखरिया अस्पताल नै हो’ उनले भने, ‘त्यसैलाई मध्यनजर गरेर बाल उपचार कक्ष बनाएका हौं, भविष्यमा जटिल अवस्थाका बिरामी बालबालिका आएपनि उपचारका लागि निजी अस्पताल जान पर्दैन भन्ने विश्वास लिएका छौं ।’
कार्यक्रममा बोल्दै नगर प्रमुख रौनियारले स्थानिय तहको चुनावमा जनता संग गरेको वाचा अनुसार नै स्वास्थ्य र शिक्षामा महत्त्वपूर्ण ध्यान दिदै आफू लागि परेको बताए ।
उक्त उद्घाटन कार्यक्रममा जिल्ला प्रशासन कार्यालय पर्साका जिल्ला प्रमुख उमेश ढकाल , बिरगंज उद्योग वाणिज्य संघ अध्यक्ष सुबोध गुप्ता , उपमेयर सलमा ख़ातून , प्रमुख प्रशासकीय अधिकृत , विभिन्न वडाका वडा अध्यक्षहरु , अस्पतालको प्रसासन प्रमुख , नेता नेजामुदिन समानी ,लगायत स्थानीयको उपस्थिति रहेको थियो ।
.jpeg)