वीरगञ्ज । फाल्गुन महिनामा सशस्त्र प्रहरी बल पर्साले अवैध रुपमा भन्सार छलीका समान सहित अबैध गतीबिधीमा संग्लन व्यक्तीहरुलाई पक्राउ गरी कार्यवाही प्रक्रिया अगाडी बढ़ाउनका लागी सम्बन्धी निकायमा बुझाएको छ ।सशस्त्र प्रहरी बल नेपाल न. १३ गण हेडकोवाटर कार्यालय पर्साले फाल्गुन महिनाको १ गते देखी ३० गते सम्ममा १ करोड १४ लाख ३६ हजार १ सय ४७ रुपैया बराबरको भन्सार छलि भित्रयाएको समानहरु वीरगञ्ज महानगर लगायत पर्साको विभिन्न ठाउहरुबाट बरामद गरी सम्बन्धित निकायमा बुझाएको छ ।
बरामद गरिएका समानहरुमा लता कपडा, हार्डवेयर, मोटर पार्ट्स , किरना सामग्री , लागू औषध , काठ ,पेस्तोल र खाद्यान्य समाग्री तथा अन्य समान रहेका छन ।यसैगरी सशस्त्र प्रहरी बल ले विभिन्न समयमा लागू औषध गाँजा १५.३५० किलोग्राम , चरेस ४.८७० किलोग्राम , नाईट्रोभेट १३५ एमपुल , कोडीवेल २ बोतल सहित ७ जाना ब्यक्तिलाई पक्राऊ गरी सम्बंधित निकायमा पठाएको छ ।
फाल्गुन महिनाको १ गते देखी ३० गते सम्ममा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे. क्वा पर्सा तथा मातहत ईकाईबाट फाल्गुण महिनामा रु ७२,४३,२७४।-(बहत्तर लाख त्रीचालिस हजार दुई सय चौहत्तर रुपैया) मुल्य बराबरको चोरी निकासी पैठारीका लत्ता कपडा, ईलेक्ट्रोनिक्स सामानहरु, हाडवेयर, मोटर पार्टस र किराना सामानहरु नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाईएको साथै यो महिनामा ४,८३,०००।- (चार लाख त्रियासी हजार) मुल्य बराबरको १२४ क्यू.फिट. अबैध काठ समेत बरामद गरी बन कार्यालय पर्सामा बुझाईएको सशस्त्र प्रहरी बल पर्साले जनाएको छ ।
यसै गरी विल विजक भन्दा फरक माल सामान रहेको भन्ने विशेष सूचनाको आधारमा २ वटा सवारी साधन ट्रक र ट्याक्टर सहित ३७,०९,८७३१- (सैतिस लाख नौ हजार आठ सय त्रिहत्तर रुपैया) मुल्य बराबरको सामानहरु नियन्तरणमा लिई राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको सशस्त्र प्रहरी बलले जनाएको छ ।यसै गरी स.प्र. बल नेपाल नं. १३ गण हे.क्वा. मातहत बि.ओ.पि. भिष्वाले कटुवा पेस्तोल १ थान र उक्त पेस्तोलमा प्रयोग हुने७.६२ मि.मि. रोउण्ड १ थान बरामद गरी ईलाका प्रहरी कार्यालय पोखरियामा बुझाईएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे. क्वा. पर्साले रु १,१४,३६,१४७/- (एक करोड चौध लाख छतिस हजार एक सय सतचालिस रुपैया ) बराबरको चोरी निकासी पैठारी, अबैध बन पैदावार र बिल बिजक भन्दा फरक माल सामान रहेको सवारी साधन हरुलाई नियन्त्रणमा लिई सम्बन्धित निकायमा बुझाईएको सशस्त्र प्रहरी बल १३ न गणका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरिक्षक निर्मल कुमार थापाले बताए ।