बिरगंज । बिरगंज माहानगरपालिका बिर्ता स्थित मालपोत चौक देखी पूर्व सिगरेट फ़ैक्ट्रीको गलिमा अपोलो अस्पताल नजिकै संचालित रहेको ग्लोबल डेन्टल क्लिनिकमा होलीको पावन अवसरमा प्रविधि युक्त थप सेवा गरिएको छ ।.jpeg)
दाँत तथा मुख रोगका चिकित्सक डाक्टर सोनी झा ठाकुरले नया थप प्रबिधि सहित आज देखी ग्लोबल डेन्टल क्लिनिक संचालनमा आएको बताईंन । हामीले आधुनिक औजारहरु प्रयोग गरेर सस्तो र गुणस्तरीय सेवा गर्ने उद्धेश्यका साथ डेन्टल क्लिनिक संचालनमा ल्याएका हौं डा . ठाकुरले बताइन ।
डा. ठाकुरका अनुसार ग्लोबल डेन्टल क्लिनिकमा दाँत तथा मुखमा रहेको रोग पत्ता लगाउने र उपचार गर्ने, दाँत सफा गर्ने, दाँत भर्ने, बच्चाहरुको दाँत किरा नलाग्ने औषधी लगाउने, कृतिम दाँत बनाउँने र लगाउँने, काम नलाग्ने दाँत उखेल्ने , मेसिनद्वारा RCT गरिने , हड्डीमै Screw हालि Fixed दाँत हाल्ने , अनुहारको हड्डी भाच्चेकोलाई मिलाउने , गीजा सम्बन्धी सम्पूर्ण उपचार गरीने ,बांगो टिंगो दाँतलाई मिलाउने ,जरासहितको नक्कली दाँत (Impalnt) गरिने ,दाँतमा किरा लागेको साथै अत्याधुनिक प्रविधिबाट जारसम्मको उपचार गरिने (RCT with Endomater ) ,दाँतको गिजाको उपचार गरिने ,मुख तथा अनुहारको शलेक्रिया गरिने , दाँत साथै मुख तथा अनुहारको सम्पूर्ण उपचार गरिने व्यवस्था रहेको छ ।
.jpeg)