वीरगंज । नेकपा एमाले वडा नं. १० वडा कमिटि वीरगंजको आयोजनामा होली लिमन समारोह सम्पन्न भएको छ ।
नेकपा एमाले वडा नं. १० का युवा नेता अजय कुमार गुप्ताले आफ्नै निवास घडिअर्वामा होली मिलन समारोह सम्पन्न गर्नु भएको छ । सो अवसरमा नेकपा एमालेका नेता, कार्यकता, सञ्चारकर्मी लगायतलाई नेता गुप्ताले गम्छा र अबिरको टिका लगाई शुभकामना आदान प्रदान गरेका थिए ।
सो अवसरमा स्थानिय समाजसेवी, बुद्धिजिवी, स्थानियवासीले होलीको अबिर टिका लगाई हर्षोउल्लासका साथ एक आपसमा शुभकामना आदान प्रदान गरेका थिए ।