वीरगञ्ज । सशस्त्र प्रहरीले पर्साको ग्रामीण नाकाबाट ६४ .६८ किलो गाँजा बरामद गरेको छ ।बिहिबार अपराहन २ : ३० बजे पर्साको ठोरी गाऊँपालिका वडा नम्बर ५ को ठुलो बाघमोर्चाबाट चार पाँच जना भरियाहरुले टाउकोमा बोकेर भारततर्फ गाँजा लैजाँदै गरेको बेला सशस्त्र प्रहरीले बरामद गरेको सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट सुवर्णपुरका सशस्त्र प्रहरी निरीक्षक ऋषिकेश राउतले जानकारी दिए।
उनका अनुसार तस्करहरुले विभिन्न ग्रामीण क्षेत्रका गाउँमा भण्डारण गरेर भरियामार्फत भारततर्फ तस्करी गरिरहेको बेला प्रहरीले उक्त गाजा बरामद गरिएको हो।
ठोरी गाउँपालिका वडा नम्बर ५ बाट ६४ .६८ किलोग्रामको -३ पोका अवैध लागू औषध गाँजा बरामद गरेको छ।
दिनको समयमा तस्करहरुले सशस्त्र प्रहरीको टोलीलाई देख्ने बितिक्कै गाँजा फालेर फरार भएकाले तस्करहरुलाइ भने पक्राउ गर्न नसकिएको राउतले बताए।
बरामद गरिएको गाँजालाई आवशयक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरी नायब उपरिक्षक निर्मल कुमार थापाले जानकारी दिए ।
पर्सा जिल्लामा गाँजाको खेती नभए पनि मकवानपुर,धादिङ लगायतका जिल्लामा उत्पादन गरिएका गाँजा वीरगञ्जका नाकाहरुबाट भारततर्फ तस्करी हुदै आएको छ।