वीरगञ्ज : वीरगञ्ज युथ राउन्ड टेबल १३ र वीरगञ्ज फेन्ड राउन्ड टेबल ८ को सयुक्त आयोजनामा निर्माण भएको ४ वटा कक्षा कोठा हस्तान्तरण गरेको छ । वीरगञ्जे छपकैया वडा नमबर ३ मा रहेको ताराचन्द किसन लाल आधारभुत बिधालयलाई हस्तान्तरण गरेको छ । बिधालयको भवनमा एक कार्यक्रमको आयोजना गरि राउन्ड टेबल नेपालका केन्द्रिय अध्यक्ष आनन्द बहेटी नव निर्मित सुबिधा सम्पन्न ४ वटा कक्षा कोठा बिधालयका अध्यक्ष ताज महमदलाई हस्तान्तरण गरेका हुन । वीरगञ्ज ज युथ राउन्ड टेबल १३ का पर्सा अध्यक्ष चिराग पठवारी र वीरगञ्ज फेन्डस राउन्ड टेबल ८ पर्साका दिपल खन्नको सयुक्त अध्यक्षतामा कार्यक्रम भएको थियो । बिगत तीन महिना पहिला बिधालयमा २६ लाख बरावरको भौतिक पुर्वाधार निर्माण गर्नेे आयोजना अन्तरगत आज करिब १६ लाख बरावरको लागतमा ४ वटा कक्षा कोठा र सोको लागि कुसि, टेबल , कालो पाटी , आदि सहित निर्माण गरि हस्तान्तरण गरिएको छ । सैचालय निर्माण बाकी रहेको हुनाले सो कार्य पनि चाडै निर्माण गरेर बिधालयलाई जिम्मा लगाउने योजना रहेको वीरगञ्ज युथ राउन्ड टेबलका सदस्य ज्योति रुगटाले बताए ।.jpeg)