बिरगंज । सशस्त्र प्रहरी बलले पर्साबाट भारतीय ट्रक नियन्त्रणमा लिएको छ। १३ नम्बर गण हेडक्वाटरबाट खटिएको प्रहरी टोलीले आइतबार राति जिजे१५एक्सएक्स ९९५९ नम्बरको भारतीय ट्रक नियन्त्रणमा लिएको हो।
बिल बिजकभन्दा फरक मालसामान रहेको सूचनाका आधारमा प्रहरीले वीरगञ्ज-२५ अलौबाट ट्रक नियन्त्रणमा लिएको हो। सशस्त्र प्रहरीका अनुसार उक्त ट्रकमा २७ लाख ७५ हजार रुपैयाँ बराबरको सामान थियो।नियन्त्रणमा लिएको ट्रक राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको सशस्त्र प्रहरी निरीक्षक देवेन्द्र रोकाले जानकारी दिए।