बहुदरमाई । नेकपा एमाले बहुदरमाई नगर कमिटीको बैठक आज बहुदरमाई नगरपालिका- २ अवस्थित पिपरा इमर्जेन्सी सेन्टलको सभाहलमा सम्पन्न भएको छ ।
नगर कमिटीका अध्यक्ष प्रमोद कुशवाहाको अध्यक्षता एवम नेता शिव पटेलको प्रमुख आतिथ्यमा सप्पन्न बैठकले अगामि १० गते बहुदरमाई नगरपालिकाको कार्यालयमा पार्टीको तर्फबाट नगरपालिकाले बिगत चार बर्षमा भए गरेको कार्यको बिश्तृत विवरण र नगरको विभिन्न समस्या बारे ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ।
यसै गरि बहुदरमाइ नगरपालिकाको नवौ वडामा पार्टीको वडा समितिको बैठक गर्ने निर्णय गरेको छ।
बैठकमा नेकपा एमाले जिल्ला कमिटीका सदस्य ध्रुब साह, केदारनाथ तिवारी, पुरन पटेल, बुधिजिवी नेता मुखदेव साह,कृष्ण यादव, नगर सचिव सुरेन्द्र यादव लगायतले बैठक लाई सम्बोधन गरेका थिए।
बैठकमा नगर कमिटीका पदाधिकारी, सम्पुर्ण सदस्य एवम वडा कमिटीका अध्यक्षहरुको उपस्थिति रहेको थियो ।