

वीरगंज,मंसिर २८
नेपाल कम्युनिष्ट पार्टी पर्साको अनौपचारिक जिल्ला बैठक आज सम्पन्न भएको छ । पर्सा जिल्ला अध्यक्ष प्रभु हजराको अध्यक्षतामा सम्पन्न बैठकमा उपलब्ध जिल्ला कमिटीका सदस्यहरुले बैठक बोलाउन आवश्यक परामर्शका लागि अध्यक्ष हजरालाई आग्रह गरेका थिए । सहभागिहरु सदस्यहरुले बिधि सम्वत पार्टीको काम संचालनको लागि बिलम्ब नगर्न आग्रह गर्दै बिगतमा भएको कमी कमजोरी बारे समिक्षा गर्न आग्रह गरेका थिए । सदस्यहरुले अवैधानिक शपथ ग्रहणबारे धारणा बनाउन प्रसौनी घटनाको बारे पार्टीको दृष्टिकोण सार्वजनिक गर्न समेत आग्रह गरेका थिए । गुटगत राजनितिले जिल्लामा पार्टी कमजोर बन्दै गएको र कार्यकर्ताहरु पनि निरास भएकोले यथासक्य बिवाद समाधान गर्न सहभागि नेताहरुले अध्यक्षलाई ध्यानाकषर्ण गराएका थिए । पार्टी भित्र देखिएको विवादले आम कार्यकर्ताहरुमा निरासा छायाएकोले तत्काल समस्या समाधान गरी टोल टोलमा पार्टीलाई मजबुत बनाउन नेता राजकुमार गुप्ताले आग्रह गर्नुभयो । संबिधान सभा सदस्य समेत रहनुभएका नेता गुप्ताले आन्तरिक कलहकै कारण जिल्लामा संगठन बिस्तारको काम शुन्य गतिमा अघि बढेको र ओली नेतृत्वको सरकारले गरेका राम्रा कामहरु जनता सम्क्ष पु¥याउन नसकिएको प्रति चिन्ता व्यक्त गर्नुभयो । चाडो भन्दा चाडो बैठक आहवान गरी पार्टी भित्र देखिएका समस्या समाधान गरी पार्टीलाई गतिशिल बनाउन नेता गुप्ताले पर्सा अध्यक्ष हजरा संग आग्रह गर्नुभयो । पार्टी कार्यालय मनमोहन नगर रामगढवामा सम्पन्न बैठकमा बाबुराम कौशिक, तेजप्रकाश निषाद, रामबाबु बैठा, महमद लालबाबु शेख, श्याम बन्जारा, जालिम मिया,बसरुदिन अंसारी, शम्भु पाण्डे,नवराज शर्मा मुस्ताक अंसारी, बलिराम साह,प्रदुमन चौहान लगायत नेताहरुेको सहभागिता रहेको थियो ।