आनन्द पटेल


बारा । बाराको परवानीपुर गाउँपालीका वडा नं ५ बहुअरी टोलमा रहेको नेपाल राष्ट्रीय आधारभुत विधालयको अवस्था दिनप्रतिदिन जीण हुदै गएको छ । बिधालयको भौतीक संरचना ब्यवस्थित नहुदा बिधार्थीहरुलाई पठन पाठनमा निकै सम्स्या हुदै गएको छ । करिब एक वर्ष अगाडी वडा अध्यक्ष रामेश्वर कलवारले विधालको पुरानो भवनलाई भतकाउन लगाई नया भवन निर्माण गर्न बजेट निकासागरी उपभोक्ता समिती मार्फत काम शुरु गर्न खोज्दा टोलमा कसैलाई जानकारी नदिई एकलौटी ढङगले समिती बनाएको प्रती स्थानीयले अवरोध गरेपछी भवन निमार्णको काम स्थगीत हुन पुगेको थियो । सार्बजनिक काममा टोलमा सार्वजाीक सुचना निकाली सबैलाई समेटेर काम अगाडी बढाउन स्थानीहरुले आग्रह गरेको तर वडा अध्यक्षको घमन्डी पाराले विधालको अवस्था खराब हुदा बिधार्थीहरुको भविष्य नै अन्धकारमा परेको स्थानीहरुको भनाई छ । टोलमा कुरा न मिल्दा नेपाली काग्रेसका युवा नेता सुनील पटेलको नेतृत्वमा यूवाहरुको टोली गाउँपालीका प्रमुख हरिनारायण साहलाई लिखीत रुपमा जानकारी गराएका थिए । पछी गाउँपालीबाट समस्या समाधान हुने आसवासन आएपनि पालीका स्तरबाट छलफल नहुदा समस्या समाधान हुन नसकेको पटेलले बताए । नेता पटेलको अनुसार आफुहरु बिकासको बिरोधी नरहेको तर जनभावना अनुसार काम हुनुपर्ने आफुहरुको माग रहेको बताए । पछी टोलमा दुई पटक बैठक बसेपनी कुनै निस्कर्स निस्किन सकेको छैन । बिधालयका प्रधानाध्यापक धुरेन्दर प्रसादको अनुसार आफुले वडा अध्यक्ष लगायत गाउँपालीका प्रमुखलाई पनि लिखित निबेदन दिदा पनि अहिलेसम्म कुनै निर्णय हुन न सकेको र कक्षा कोठाको अभाव हुदा बिधार्थीहरुलाई पठन पाठनमा निकै समस्या हुने गरेको दुखेसो पोखे । उनको अनुसार राष्टपति बिधालय योजनामा यो बिधालयमा पनि दुईकोठे भवन पर्न सफल भएको तर जनप्रतिनिधीको कारणले यो पनि फ्रिज हुने अवस्थामा रहेको बताए । खासगरी बिपन्न वर्गका बच्चाहरु यस बिधालयमा पढने हुनाले त्यस्ता बिधार्थीहरुको लागी झन समस्या भएका प्र.अ प्रसादले बताए । यस बिषयमा गाउँपालीका प्रमुखलाई सर्मपक गर्दा यसमा वडा अध्यक्षको बिशेष भुमीका रहेको र गाउँपालीका स्तरबाट पनि समस्या समाधानको पहल भईरहेको बताउनुभयो । यसरी जनप्रतिनिधीहरुले एक अर्कालाई दोसारोपन गरी रहदा अहिले पनि बिधालयको समस्या समाधान नहुने निश्चित देखिन्छ । अहिले स्थानीय निकायको निर्वाचन नजीकीदै गर्दा जनप्रतिनिधीको ध्यान बिकास भन्दा पनि मतदाता रिझाउनमा केन्द्रीत भएको देखिन्छ ।