

वीरगंज । नेपाल कम्युनिस्ट पार्टी (एमाले) पकहाँमैनपुर गाउँपालिका कमिटीले आज १० बुंदे माँग सहित पकहाँमैनपुर गाउँपालिका कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । नेकपा एमालेका नेता राजेश सहनीको बिशेश उपस्तिथिती तथा पालिका कमिटी अध्यक्ष अकलेश साहको नेतृत्वमा पकहाँमैनपुर अवस्थित गाऊँपालिकाको कार्यालय पुगेको पार्टी समर्पित नेता कार्यकर्ताहरुको टोलिले गाऊपालिका अध्यक्ष , उपाध्यक्षको अनुपस्थितिमा कार्यालयका प्रमुख प्रशासकीय अधिकृत रमेश सुबेदीलाई १० सुत्रीय माग सहितको ज्ञापनपत्र बुझाएको हो । टोलीले हाल सम्म गाँउपालिका भित्र भएका भौतिक पुर्वाधार बिकाशको खर्च लगायत कोभिड व्यवस्थापन, शिक्षा ,कृषि,स्वास्थ्य क्षेत्रमा भएका खर्चको आयव्ययको लागत खर्च उपलब्ध गराउन माँग गरेको छ । ज्ञापनपत्रमा माग गरिएको १० सुत्रियमाग पूरा गर्न कर्यालयलाई सातदिनको समय दिइएको र सोको बिशत्रित बिबरण समय भित्र दिने अधिकृत सुबेदीले वादा गरेको बताउदै अध्यक्ष साहले यसो नभए जनताले पाउनु पर्ने सूचनाको अधिकारका लागि आफुहरु जुन सुकै कदम चाल्न बाध्य हुने बताउनु भयो। । सो अवसरमा पालिका उपाध्यक्ष कृष्णा कुशवाहा ,नेताहरु रामबाबु चौरसिया,सुशिल दास,जितेन्द्र चौरसिया, लिलेश चौहान,भगवान प्र पटेल लगाएतको उपस्थिति रहेको थियो ।