पर्सा - आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय पर्साले ईजाजत प्राप्त हातहतियारहरु बुझाउन आग्रह गरेको छ।
निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण, मयादित एवम् भयरहीत वातावरण तयार गरि भरपर्दो र विश्वसनीय बनाउन जिल्लाभित्र रहेका ईजाजत प्राप्त हातहतियार यहि चैत्र मसान्तभित्र नजिकैको प्रहरी कार्यालयमा बुझाउन प्रशासनले आग्रह गरेको हो।
प्रशासनले सूचना जारी गर्दै प्रहरी कार्यालयमा बुझाइएका ईजाजत प्राप्त हातहतियार निर्वाचन पश्चात पूनः धनीलाई फिर्ता गरिने पनि बताएको छ।
.jpeg)