वीरगञ्ज । पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिकाको कार्यालयमा ८ राजनीतिक दलले आइतबार तालाबन्दी गरेका छन् । गाऊँपालिका अध्यक्ष प्रदीप जैसवालले सत्ताको दुरुपयोग गर्दै मनोमानी ढंगले गाऊँपालिकाको बजेट हिनामिना गरेको आरोप लगाई सर्बदलीय दलहरूले तालाबन्दी गरेका छन । गाउँपालिकाको सम्पुर्ण आय व्यय सार्वजनिक गर्नुपर्ने मागसहित नेकपा एमाले, नेपाली काङग्रेस, नेकपा माओवादी, नेपाल सुशासन पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनमोर्चा, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले गाउँपालिकामा तालाबन्दी गरेका हुन् ।


एक महिना अगाडीदेखि गाउँपालिकाको सम्पूर्ण खर्च तथा आम्दानीको विवरण सार्वजनिक गर्नुपर्ने माग गरेपनि उपलब्ध गराउन आनाकानी गरेको र उपलब्ध नगराएको भन्दै तालाबन्दी गरिएको नेकपा एमालेका नेता यशवन्त यादवले जानकारी दिए । गाउँपालिका अध्यक्ष लगायतका कर्मचारीले निमयको अवज्ञा गर्न थालेपछि गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको एमालेका नेता यादवले बताए । गाउँपालिका अध्यक्ष जैसवालले पारदर्शीता नगरेको र गाउँपालिकामा व्यापक भ्रष्टाचार गरेको आगामी निर्वाचनमा गाउँपालिका अध्यक्ष पदका उम्मेदवारसमेत रहेका यादवको आरोप छ । गाउँपालिकामा विकास निर्माण नगरेको कमिशत र भ्रष्टाचारमा लिप्त रहेर आफन्त तथा कार्यकर्तालाई भर्ति गर्ने केन्द्र बनाएको आरोप यादवले लगाएका छन् । साथै भोली गरिने गाऊपालिका भवनको शिल्यन्याश कार्यक्रममा गाऊँपालिक सम्पूर्ण राजनीतिक दल लगायत स्थानीय बासीहरूले बिरोध गरिने नेता यादवले बताए ।
सखुवाप्रसौनी गाउँपालिका संघर्ष समितिका अध्यक्ष शंकर महतो थारुको अध्यक्षतामा गाउँपालिकाको श्रीपुर, पँचगावा लगायतका क्षेत्रमा परिक्रमा गर्दै गाउँपालिका अध्यक्षको विरुद्धमा नाराबाजी समेत गरिएको थियो । प्रदर्शनका क्रममा ‘गाउँपालिकाको हरेक आय व्यय सार्वजनिक गर, चुनावको मुखमा कर्मचारी भर्ना बन्द गर, भ्रष्ट गाउँपालिका अध्यक्ष मुर्दावाद’ लगायतका नारा लगाएका थिए ।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत देवनाथ साहले २ बजेसम्म आय व्यय उपलब्ध गराउने बताएपनि आलटाल गरेर टार्न खोजेपछि सवा ४ बजे सर्वदलिय निर्णयअनुसार तालाबन्दी गरिएको नेताहरुले बताएका छन ।
गाउँपालिका अध्यक्ष चौरसियाले औराहा पँचगावा क्षेत्रमा खरिद गरेको ३ बिगाहा जग्गाबाट ९ कट्ठा जग्गा गाउँपालिका कार्यालय निर्माणका लागि दिने उद्घोष गरेका थिए । सडकभन्दा ५ सय मिटर पछाडी रहेको जग्गा गाउँपालिका भवनका लागि दिएर अगाडीको जग्गाको भाउ बढाउने दाउमा अध्यक्ष चौरसिया रहेको नेपाली काङ्ग्रेसका गाउँपालिका सभापति जयराम महतो थारीको आरोप छ । राजनीतिक दल एवम् जनचाहनाबमोजिम बजार क्षेत्रमै गाउँपालिका भवन निर्माण गर्नुपर्ने नेकपा एमालेका गाउँपालिका संयोजक बासुदेव महतो थारुले बताए ।
नगर परिक्रमा पछि आयोजित कोणसभालाई नेकपा माओवादीका गाउँपालिका अध्यक्ष लालबिहारी राम, राप्रपाका गाउँपालिका संयोजक चन्द्रिका सहनी, जनमत पार्टीका जयभोले यादव, जनमोर्चाका तपशी चौधरी लगायतले सम्बोधन गरेका थिए ।
याता गाऊँपालिक अध्यक्ष जैसवालले गाऊँपालिकको कार्यलय बन्द भईसकेको बेला तालाबन्दी गरिएको हो । साथै भोली कार्यालय खुल्ने समयमा ताला खुल्ने उहाँले बताऊँनु भयो र भोली उने शिल्यन्याश कार्यक्रममा आठ हजार गाऊँपालिकाका गाऊँबासीहरुले उपस्तिथि हुने उहाँले बताऊँनु भयो । गाऊँपालिकामा ताला लगाएर हिसाब किताब लीन सकीदैन त्यसको लगी समय चाहिने हो समय पाए हिसाब किताब सार्बजनिक गरिने उहाँले बताऊँनु भयो ।