वीरगंज । स्थानिय तहको दोस्रो निर्वाचन आउन केहि दिन मात्र बा“की रहदा पर्साका स्थानिय तहका उम्मेद्धारका आकांक्षी नेताहरुको चुनावी दौड शुरु भईसकेको छ ।
स्थानिय तहमा निर्वाचित जनप्रतिनिधीदेखि लिएर विगतका प्रत्यासीका उम्मेद्धारहरु पनि पार्टी परिवर्तन गरि जसरी पनि चुनाव जित्न आफु अनुकुल पार्टी परिवर्तन गरि चुनाव प्रचार प्रसारमा जुटी सकेका छन ।
बिगत साढे चार बर्षमा बिभिन्न पार्टीबाट चुनाव जितेका नेताहरु तथा बिगतको स्थानिय तहको निर्वाचनमा दोस्रो ,तेस्रो र चौथो भएका उम्मेद्धारका प्रत्यासी नेताहरु दोस्रो स्थानिय तहको निर्वाचन जित्न पार्टी परिर्वतन गर्ने नेताहरु पर्सामा बढेका छन ।
को–को जनप्रतिनिधी कुन पार्टी परिवर्तन गरे ?
१. बिजय कुमार सरावगी (नगर प्रमुख ) : बीरगंज महानगरपालिका – मधेश आन्दोलनको केन्द्र बिन्दु मानिएका वीरगंज महानगरपालिकाको नगर प्रमुखमा तत्कालिन सामाजबादी पार्टी हालको जनता सामाजबादी पार्टीको टिकटबाट नगरप्रमुखमा चुनाव जितेका सरावगी केहि दिन अगाडी मात्र नेकपा एमाले प्रवेश गरेका छन ।
बिगतमा मधेश आन्दोलनको ताप र रापबाट प्रभावित मतदाताहरु म्धेशी दलको नामबाट आफनो मत दिई सरावगीलाई नगर प्रमुखको पदमा पुरयाएका थिए ।
नगर प्रमुख सरावगीलाई टिकट दिन र स्थानिय तहको निर्वाचनमा जिताउन महत्वपुर्ण भुमिका खेलेका पर्सा क्षेत्र नं.१ क सांसद प्रदिप यादव लगायत आफनै पार्टीका नेता कार्यकर्तासंग सम्बन्ध चिसिएपछि आउदो स्थानिय तहको निर्वाचनमा आफनै नेता कार्यकर्ताबाट धोखा हुने शंका गरि पार्टी परिवर्तन गरि एमाले रोजेका छन ।
नगर प्रमुख सरावगीले एमाले रोजेपनि पार्टी भित्रैका एकथरीका नेता , कार्यकर्ताहरु उनलाई रुचाएका छैनन ।


२. जालिम मिया“ (अध्यक्ष्ँ) : जगरनाथपुर गाउपालिका – बिगतको स्थानिय तहको निर्वाचनमा पर्साको जगरनाथपुर गाउपालिकाको अध्यक्षमा नेकपा माओबादीको टिकटबाट चुनाव जितेका जालिम मि“या उक्त पार्टी परित्याग गरि एमालेमा प्रबेश गरेका छन । पर्साको राजनितीकको बिभिन्न कालखण्डमा चर्चामा रहदै आएका राजनितीकका चतुर खेलाडी मानिएका जालिम मि“या पर्सामा नेकपा माओबादीको जनाधार कमजोर भएको आकलन गरेर फेरी पनि चुनाव जित्ने दाउमा एमाले प्रबेश गरेको स्थानिय जानकारहरुको टिप्पणी छ ।
३. मनोज कुमार गुप्ता (अध्यक्ष्ँ) : छिपहरमाई गाउपालिका– बिगतको स्थानिय तहको निर्वाचनमा पर्साको छिपहरमाई गाउपालिकाको अध्यक्षमा नेकपा माओबादीको टिकटबाट चुनाव जितेका मनोज कुमार गुप्ता उक्त पार्टी परित्याग गरि एमालेमा प्रबेश गरेका छन ।
स्थानिय तहको निर्वाचनमा अध्यक्षमा निर्वाचित भई बिकास निमार्णको कामबाट चर्चामा आएका गुप्ता आफनो राजनितिक कद बढाउन नेकपा माओबादी परित्याग गरि नेकपा एमालेमा प्रबेश गरेको आम राजनितिककर्मीहरुको बुझाई छ ।
बिकास निमार्णका मामिलामा स्थानिय तहको निर्वाचन अगाडीसम्म उपेक्षामा परेका छिपहरमाई गाउपालिका निर्वाचित भएपछि चुनौती र अवसर दुबै रहेकोमा गुप्ताले बिकास निमार्णका थुप्रै काम गरि उक्त चुनौतीलाई अवसरमा बदली पर्सामा चर्चामा आएका थिए । उनले आफनो राजनितिक करियर नेकपा माओबादीबाट नभई एमालेबाट अगाडी बढने भनेर नेकपा एमाले रोजेको बताउदै आएका छन । पार्टी प्रबेश गरेको केहि दिनमै नेकपा एमालेको पर्सा जिल्ला सचिवमा मनोनित भएका थिए । लगतै उनले पार्टीको अबिधेशनमा अध्यक्ष पदमा प्रमुख दाबेदार पनि बनेका थिए । आन्तरिक बिबादका कारण नेकपा एमालेको अबिधेशन स्थगित रहेको छ ।
४. दिपनारायण रौनियार (मन्टु) नगरप्रमुख : पोखरिया नगरपालिका - पोखरिया नगरपालिकाका नगर प्रमुख दिपनारायण रौनियारले नेपाली जनता दलको टिकटबाट मेयरमा निर्वाचित भई केहि दिन अगाडी मात्र नेपाली कांग्रेसमा प्रबेश गरेका छन ।
राजकुमार यादवले नेतृत्व गरेको उक्त पार्टीको उम्मेदवार भई चुनाव जितेपछि स्थानिय तहको बिकास निमार्ण लगायत कार्यकर्ता व्यवस्थापनबारे यादव र रौनियारबीच मनमुटाव भएपछि उक्त पार्टी परित्याग गरि नगर प्रमुख रौनियारले कांग्रेस रोजेको बुझिएको छ ।
५ कुसुमी देवी –(उपाध्यक्ष ) : पकहामैनपुर गाउपालिका – पकहामैनपुर गाउपालिका उपाध्यक्ष तथा मधेश आन्दोलनका शहिद सत्रुधन पटेलकी आमा कुशुमी देवीले जसपा नेपालको टिकटबाट उपाध्यक्षमा चुनाव जितेपनि सोही पार्टीका गाउपालिका अध्यक्ष बिजय चौरसियासंग हरेक बर्ष बजेट बाडफाडमा बिबाद हुदै आएपछि उनी उक्त पार्टी परिवर्तन गरि लोसपा रोजेकी छन ।
यी लगायत थुप्रै वडाध्यक्ष तथा सदस्यहरु पर्सामा पार्टी परिवर्तन गरेका छन । बिभिन्न पार्टी परित्याग गरि नेकपा एमाले लगायतका दलमा प्रवेश हुनु भनेको आउदो स्थानिय तहको निर्वाचनमा सता हत्याउनु तथा आफनो राजनितिक भबिष्य सुरक्षित गर्न देशका दुई ठुला पार्टीमा प्रवेश गर्नेको लहर पर्सामा बढेको जानकारहरु बताउछन ।