

पकाहाँमैनपुर । पर्सा जिल्लाको पकाहाँमैनपुर गाऊँपालिकाका गाऊँबासीहरुले अहिले लामखुट्टेको आतंकबाट पिडित भएका छन ।
गर्मीको सुरुवातसँगै बढेको लामखुट्टे नियन्त्रणका लागि गाऊँपालीकाले कुनै कदम नउठाउँदा स्थानीय पिडित बनेका हुन् ।
गाऊँपालिकामा अहिले राती मात्र नभइ दिउँसो पनि लामखुट्टेले टोक्ने थालेका छन् । तर, गाऊँपालिकाले लामखुट्टे नियन्त्रणका लागि अहिलेसम्म कुनै पनि काम सुरु गरेको छैन ।
वर्षको यस समय गर्मी सुरु हुन साथ लामखुट्टे बढ्ने गरेको छ । गाऊँपालिका कर्मचारीलाई लामखुट्टेको समस्या बारे जानकारी गराउँदा समेत नियन्त्रणका लागि औषधी छर्किन कार्य सुरु नगरेको नेपाली कांग्रेसका मधेश प्रदेश पर्सा क्षेत्र ३ ख सचिव राकेश कुशवाहाले बताए ।
समयमा औषधी नछर्किदा लामखुट्टेको टोकाईबाट विभिन्न किसिमको रोग लाग्ने सम्भवना पनि बढ्दै गएको चिकित्सकहरु बताउँछन् ।
गाऊँपालिका अध्यक्ष बिजय कुमार चौरसियाले सरसफाइमा उल्लेखीय सुधार भएको दावी गरेपनि लामखुट्टेको आतंक नघट्नुले उनको दावीमाथि विश्वास गर्ने आधार गुम्दै गएको छ । सरसफाई नहुँदा ठाउँ-ठाउँमा थुपारिएको फोहर लामखुट्टे उत्पादन गर्ने फ्याक्ट्री बन्दै गएको गाऊँबासीहरु भनाई छ ।
यता, गाऊँपालिकाको स्वास्थ्य शाखाका प्रमुख संजय कुमारले लामखुटेको समस्या खासै कुनै समस्या नभएकोले त्यसमा कुनै किसिमको कार्य नगरिने बताए ।