

वीरगन्ज १ पुष : नेपाल किसान सङ्घ, पर्साले जिल्ला प्रशासन कार्यालय, पर्सामार्फत प्रदेश नं. २ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा ज्ञापनपत्र बुझाएको छ । हिजो ज्ञापन बुझाउदै सङ्घका अध्यक्ष सहरुम गद्दील कृषि ज्ञान केन्द्र पर्साको प्रमुख सात दिनभित्र नियुक्त नगरी नपठाए आन्दोलन गर्ने चेतावनी दिए । सङ्घका अध्यक्ष गद्दीले कृषि ज्ञान केन्द्र, पर्सा दुई महीनादेखि कार्यालय प्रमुखविहीन भएको कारण किसानहरूले सो कार्यालयबाट पाउने सेवाबाट वञ्चित भएको र गत आव २०७६÷०७७ को बजेट फ्रिज भएको भन्दै मन्त्रालयको ध्यानाकर्षण गराए । ज्ञापनमा किसानहरूले गहु रोपिसकेको भन्दै सो कार्यालयबाट चालू आवमा सञ्चालन हुने सिंचाइ, कृषि औजारमा अनुदान, स्यालो ट्युबवेल, मोटर, बीउ अनुदान, बजार सेड निर्माण, क्लिनिक सञ्चालन, आकस्मिक बाली संरक्षण, कृषकहरूको क्षमता विकास तालीम र कोरोनाको कारण आर्थिक भारमा परेका किसानहरूले पाउने राहत लगायतका कार्यक्रमहरू प्रभावित भएको उल्लेख छ । यसैगरी उखु किसानहरुले गत वर्ष र यस वर्षको रकम नपाएकोतर्पm पनि केन्द्र र प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ । कृषि ज्ञान केन्द्रमा कार्यालय प्रमुखको व्यवस्थापन गरी किसानहरुले पाउनुपर्ने रकम उपलब्ध गराइदिन ज्ञापनपत्र मार्पmत माग गरिएको छ । ज्ञापनपत्र जिल्ला प्रशासन कार्यालय, पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेललाई बुझाइएको थियो ।