

पर्साको अधिकाश स्थानीय तहमा नागरिक वडपत्र नहुदा सेवाग्राहीहरु सुचनाबाट बन्चित भएका छन । वडा र पालिका कार्यालयमा सेवा लिन आउने सेवाग्राहीहरु , प्रक्रिया थाहा पाउन सम्बन्धित कर्मचारी खोज्दै विभिन्न फाँटमा चाहार्नु पर्ने बाध्यता रहेको सेवाग्राहीको गुनासो छ । १४ वटा स्थानिय तह रहेको पर्सामा वीरगंज महानगरपालिका बाहेक कुनै पनि स्थानिय तहले कार्यालयमा नागरिक वडापत्र राखेको छैन । सरकारी कार्यालयमा आफूले प्रवाह गर्ने सेवाका प्रकार, लाग्ने दस्तुर तथा लाग्ने समय खुलेको नागरिक वडापत्र राख्नु पर्ने व्यवस्था भए पनि स्थानीय तहहरुले कार्यन्वयनमा ल्याएको छैन । यसले सेवाग्राही र सर्वसाधारण नागरिकहरुले विभिन्न फाट चहार्दै सम्बन्धित फाटका कर्मचारीहरु कहा पुग्ने गरेका छन । पर्सा पकहामैनपुर गाउपालिका वडा नं.५ का स्थानिय सेवाग्राही रामप्रवेश साहले भने कुनै पनि कामको सिफारीस गराउन आउदा कति दस्तुर र समय लाग्छ भन्ने कुरा नागरिक वडा पत्र नहुदा थाहा पाउन नसकेको बताउदै कर्मचारीको बोलीकै भरमा रकम दिनुपरेको बताए । स्थानिय तहमा नागरिक वडापत्र नहुदा कुन सेवा लिन कति शुल्क र समय लाग्छ, कुन फाँटमा जानुपर्छ भन्ने थाहा नपाउँदा आफुहरु अलमलमा पर्ने गरेको पोखरिया नगरपालिका वडा नं.६ का सुनिल साहले बताए । साविक गाउँ विकास समिति हुदा सबै गाविसमा वडापत्र राखिएको थियो । तर, गाउँपालिका बनेपछि सेवा प्रवाहका किसिम, समसय र दस्तुरसमेत फरक परेकाले पुरानो नागरिक वडापत्र हटाइए पनि अध्यावधिक नगर्दा सेवाग्राही समस्या परेका हुन् । स्थानिय तहको निर्वाचन भएको डेढ बर्ष विति सक्दा समेत जनप्रतिनिधीहरु सुसाशन कायम गर्ने तर्फ ध्यान दिन नसकेको बुद्धिजिवीहरुको टिप्पणी छ ।