वीरगन्ज । वीरगन्ज महानगरपालिकाको बिभिन्न वडाहरुमा निर्माणाधीन अवस्थामा रहेको संरचनाहरूको मेयर विजय सरावगी उद्घाटन गर्दै हिँडिरहेका छन् । आउदै गरेको स्थानीय चुनावको लागि भोट बनाउन र सस्तो लोकप्रियता कमाउन यस्तो गरिरहेको बुझिएको छ।
पहिलो निर्वाचनमा अर्कै पार्टीबाट मेयर पदमा जितेका सरावगी हाल एमालेमा प्रवेश गरेका छन् । एमाले प्रवेश गरेका सरावगी आउँदै गरेकाे निर्वाचनमा मेयर पदमै लड्ने पक्का भएको र त्यसैको लागि तयारी गर्दै र भोट बनाउन बिभिन्न वडाहरुमा निर्माणाधीन अवस्थामा रहेको संरचनाको उद्धाटन हिडेको बुझिएको हो।
केही दिन पहिला नगरस्तरीय बजेटबाट वडा न. १० स्विमिगं पुल नजिकै निर्माणधीन अवस्थामा रहेको पशुपति आदर्श क्लबको उद्धाटन गरेका मेयर सरावगीले बिनाकुनै पुर्वाधार र व्यवस्थापन नगरी नगरस्तरीय बजेटबाट निर्माणधीन अवस्थामा रहेको जेष्ठनागरिक क्लबका लागि पार्कको उद्धाटन गर्न पुगे ।
त्यस्तै नगरस्तरीय बजेटबाट निर्माण भइरहेको वार्ड न.१५ भिस्वामा नेपाल राष्ट्रपति विद्यालयको रङरोगन गराउन बाँकीनै रहेको भवनको समेत उद्घाटन गर्न भ्याए मेयर सरावगी ।
उद्घाटनको यात्रा यही रोकिएन आफ्नो कार्यकालमा बढि विकास गरेको हेराउन नगरस्तरीय बजेटबाटनै सिद्धार्थ मा बि मा करिब 4 करोडमा बनिरहेको अत्याधुनिक परिक्षा हलको निर्माण कार्य नसकिँदै बासँ समेत नखोलिदै मेयर सरावगी उद्घाटन गरे ।
यसैगरी आजमात्र वार्ड न. ३ मा नगरस्तरीय बजेटबाट बनिरहेको धर्मशालामा बिना प्लास्टर र झ्यालढोका बिनै बडा तामझामका र दलबलसहित उद्घाटन गर्न पुगे सरावगी ।
विकास गर्नु राम्रो हो र गर्नुपर्छ तर चुनावको मुखमा आएर काम नसकिदै आफ्नो कार्यकालमा काम गरिएको जस्तो हराउन कार्य भइरहेको जस्तो ई सब घटनाहरुले प्रमाणीत गरेको छ । चार वर्षसम्म केहि गर्न नसकेको मेयरले यता चुनाव नजिकिएसंगै दौडाहारुपमा भईरहेको उद्धाटन कार्यक्रम बारे आम जनमानसमा पनि चर्चा चलिरहेको छ।