|
|
|
|
बिरगंज। प्रेस चौतारी नेपाल पर्सा शाखाको बैठक सम्पन्न भएको छ । प्रेस चौतारी नेपाल पर्सा शाखाका अध्यक्ष श्याम बन्जाराको सभापतित्वमा बसि महत्वपूर्ण निर्णयसहित आजको बैठक सम्पन्न भएको छ ।आजको बैठकले आऊदो चैत्र २२ नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमंत्री बिरगंज आऊने भएकोले उक्त कार्यक्रमको लागी ब्यापक प्रचार प्रसार गरी भब्यताका सफल पार्न , निर्वाचन प्रचार कमिटी गठन गर्ने , बैशाख ३० गते हुने निर्वाचनका लागी चौतारीले पार्टीलाई जिताऊँन निमित के के गर्ने जस्ता निर्णय गरिएको थियो । उक्त कार्यक्रममा प्रेस चौतारीका केन्द्रीय सदस्य शत्रुधन नेपाल , नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य केसी लमिछाने , प्रेस चौतारीका उपाध्यक्ष तुलसी भण्डारी , नेपाल पत्रकार महासंघ पर्सा शाखा अध्यक्ष अनूप तिवारी , कोषाध्यक्ष संजीव मिश्रा , उपाध्यक्ष युवराज खड़का , प्रेस चौतारी नेपाल पर्सा शाखाका उपाध्यक्ष कबिता खड़का लगायत चौतारीका सदस्यहरूको उपस्थिति रहेको थियो।
|