वीरगंज । नेपाली काँग्रेस पर्साले जिल्ला कार्य सम्पादन समिति र जिल्ला संसदीय समिति गठन गरेको छ । जिल्ला सभापति जनार्दन सिंह क्षेत्रीको अध्यक्षतामा मंगलबार बसेको बैठकले पार्टीको बिधान अनुसार कार्य सम्पादन र संसदीय समिति गठन गरेको कांग्रेस पर्साका प्रवक्ता रमेश पाण्डेले जानकारी दिए ।
गठित जिल्ला कार्यसम्पादन समितिमा पेदेन सभापति जनार्दन सिंह क्षेत्री, उपसभापति रामनारायण कुर्मी, अशोक गुप्ता, सचिव इम्तियाज आलम, दिनेश चौधरी, सह सचिव नविन कुमार सिंह, मदन राउत अहिर र कोषाध्यक्ष प्रेम बहादुर थापा रहेका छन् ।
यस्तै कार्य सम्पादन समितिको मनोनित सदस्यमा चन्द्रावति देवी, दोरिका महतो, जितेन्द्र पुरुष ढकाल, तुलसा राम चौधरी, राजेश्वरप्रसाद यादव, हिरा साह, ललन द्विवेदी, शैलेन्द्र यादव, फजिल मियाँ तेली, ढेढी यादव, किरण गुप्ता, रमेश पाण्डेय, सुरेन्द्र यादव, होममाया थापा र मोहन चौधरी थारु रहेका छन् ।
जिल्ला संसदीय समितिको पेदेन सभापति जनार्दन सिंह क्षेत्री, सचिव इम्तियाज आलम, दिनेश चौधरी र सदस्यमा उपसभापति रामनारायण कुर्मी, अशोक गुप्ता, सह सचिव नविन कुमार सिंह, मदन राउत अहिर, कोषाध्यक्ष प्रेम बहादुर थापा, सदस्यहरु रमेश पाण्डेय, जतन राउत, गम्भीरा साह, ललन द्विवेदी, माधव राउत थारु रहेका छन् ।
मंगलबार बसेको जिल्ला कार्य समितिको बैठकमा पार्टीको बिधान अनुसार कार्य सम्पादन समिति र संसदिय समितिमा सभापतिबाट प्रस्तावित भइ आएको नामहरु सर्वसम्मत अनुमोदन भएको प्रवक्ता पाण्डेले जानकारी गराए ।
वीरगंजस्थित आत्माराम ओझा र दु:खा सहनी स्मृति भवनमा रहेको पार्टी कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता पाण्डेले बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनको लागि पार्टीले उम्मेदवार छनौट पक्रिया समेत सुरु गरेको वताए ।
उनले वडादेखि गाउँपालिका सम्मको उम्मेदवार छनौट गर्ने जिम्ला समितिको, नगरपालिकाको प्रदेश समितिको, उपमहानगरपालिका र महानगरपालिकाको केन्द्रिय समितिको अधिकार रहेको वताउँदै सोही अनुसार उम्मेदवार छनौट पक्रिया सुरु गरिएको जानकारी गराए ।
उम्मेदवारको नाम चैत २० गते सम्म जिल्ला समितिलाई सिफारिस गर्न वडा, गाउँ र नगर समितिलाई पत्रचार समेत गरिसकिएको वताए । पत्रकारको जिज्ञासामा बोलदै प्रवक्ता पाण्डेले गठबन्धन भएपनि वीरगंज महानगरको मेयरमा हाम्रो दावी रहेको वताए ।