

बिन्दबासिनी l नेकपा एमालेका केन्द्रीय सदस्य तथा पर्सा जिल्ला सह इंनचार्ज राजकुमार गुप्ताले खेल युवाहरुको भबिस्य निर्माणमा अहम भुमिका निर्वाह गर्ने बताउनु भएको छ। द न्यू स्टार युवा क्लब बिन्दबासिनीद्वारा आज बिन्दबासिनी गाऊपालिका -२ बहुवर्वा भाठामा अवस्थित खेलमैदानमा आयोजित बिन्दबासिनी गाऊपालिका स्तरिय क्रीकेट टुर्नामेंट प्रतियोगिताको उदघाटन गर्दै नेता गुप्ताले खेलले युवाहरूलाई शारीरिक रूपमा स्वस्थ मात्र बनाउदैन यस्ले अनुसाशीत रहि लगनशीलताका साथ कार्य गर्न अभिप्रेरित गर्ने बताए।
आजको युगमा खेलमा राम्रो गर्नेलाई सरकारले सम्मानका साथ मनग्य अर्थ प्रदान गरिरहेकोले यस क्षेत्रमा अगाडि बढन आग्रह गर्दै नेता गुप्ताले स्थानिय सरकार गठन भए देखी विभिन्न पालिकाले क्रिकेट कपको आयोजना गरी युवाहरूलाई प्रोत्साहन गरिरहेको तर बिन्दबासिनी गाऊँपालिका कार्यालयको खेल प्रती कुनै चासो नरहेको र यहाका प्रमुख कमिसनमा मात्र रुमलिएको बताउदै आफू युवाहरु को लागि सदैव सहयोग गर्न तयार रहेको बताउनु भयो।क्लबका अध्यक्ष रामस्नेही चौहानको अध्यक्षतामा आयोजित सो खेल उद्घाटन कार्यक्रममा एमालेका नेता सुनील कुशवाहा , लक्षमन चौरसिया , संजय चौहान लगायत को उपस्तिथि रहेको थियो।