वीरगञ्ज l निर्वाचन आयोगले चैत २५ गतेदेखि निर्वाचन आचारसंहिता लागू गर्ने तयारी गरेको छ ।
यसअघि प्रमुख निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्ति प्रक्रियाका कारण आचारसंहिता कार्यान्वयनको समय केही दिन पर धकलिएको आयोगले जनाएको छ ।
आचारसंहिता उल्लंघनका घटनाको उजुरीका लागि प्रमुख निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नहुँदा समस्या हुने भएकाले आचारसंहिता लागू गर्न केही ढिला भएकोे निर्वाचन आयोग स्रोतको भनाइ छ ।
आचारसंहितामाथि छलफल गर्न यही २२ गते सर्वदलीय वैठक बोलाएको आयोग स्रोतले जनाएको छ । उक्त बैठकमा आउने सुझावपछि आचारसंहिता लागू हुने आयोगको भनाइ छ ।
यसबीचमा निर्वाचनको प्रचारप्रसारका क्रममा दल तथा उम्मेदवारबाट हुने निर्वाचन आचारसंहिता उल्लंघनका घटना रोक्न आयोगले गत बुधबारदेखि सातै प्रदेशका राजधानी र भारतीय सीमा नाकासँंग जोडिएका जिल्लामा अन्तर्क्रिया सञ्चालन गर्दै आएको छ । अन्तर्क्रियामा स्थानीय तह निर्वाचन आचारसंहिता, त्यसको कार्यान्वयनलगायत विषयमा छलफल भइरहेको आयोगको भनाइ छ ।