बहुदरमाई । बहुदरमाई नगरपालिका-१ बिश्रामपुर मा नेकपा एमाले को वडा भेला सप्पन्न भएको छ।
पार्टीका नगर अध्यक्ष प्रमोद कुशवाहाको अध्यक्षतामा आयोजित भेला लाई नेकपा एमालेका केन्द्रिय सदस्य संविधानसभा सदस्य राजकुमार गुप्ता, एमालेका नेता बहुदरमाई नगरपालिका नगरप्रमुख का उमेदवार शिव पटेल, पुर्ब गाबिस अध्यक्ष राजदेव यादव, डा. सन्तोष साह, एमाले जिल्ला कार्य समिति सदस्य पुरन राउत कुर्मी, बलिस्टर साह, रामबाबू साह लगायतले सम्बोधन गरेका थिए । आज को भेलाले चन्द्रीका साह को नेतृत्वमा ५१ सद्सिय वडा कमिटि गठन भएको छ। नवगठित समितिका सम्पुर्ण पदाधिकारी एवम सदस्यहरुलाई नेता गुप्ताले हार्दिक बधाई सहित शुभकामना व्यक्त गर्नु भएको थियो ।