वीरगञ्ज । बारा जिल्लाको परवानीपुर गाउपालिकाको प्रमुख प्रशासकिय अधिकृत मुन्ना रौनियार हाजिर भएका छन् । पर्सा जिल्लाको बिन्दबासिनी गाऊँपालिकामा निमित प्रसाशकिय अधिकृतमा कार्यरत रहेका रौनियारलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले परवानीपुर गाउँपालिकामा सरुवा गरेपछि उनी हाजिर भएका हुन् । बिन्दबासिनी गाऊँपालिकामा निमित प्रमुख प्रशासकीय अधिकृतमा काम काज गरी रहेका रौनियारले प्रमुख प्रसासकिय अधिकृतमा नाम निकाले पछी उनलाई परवानीपुर गाऊँपालिकामा मन्त्रालयले पठाएपछी आज हाज़िर भएका हुन ।


परवानीपुर गाउँ कार्यपालिकाको कार्यालय लीपनीमालमा बिहिबार हाजिर हुन गएका रौनियारलाई भव्य रूपमा स्वागत गरिएको थियो । गाउँपालिका अध्यक्ष हरीनारायण प्रसाद साह लगायतका जनप्रतिनिधि र कर्मचारीहरुले प्रमुख प्रशासकिय अधिकृत रौनियारलाई गम्छा , फूलको माला र अबिरको टीका लगाएर भव्य स्वागत गरेका थिए ।
उक्त कार्यक्रममा बोल्दै अधिकृत रौनियारले आफूले जन चाहना अनुसार जनप्रतिनिधिको समन्वयमा काम गर्ने बताए । उनले भने मैले जनप्रतिनिधिको समन्वय र सहकार्यमा जन चाहना अनुसार काम गर्ने छु , त्यसको लागि जनप्रतिनिधि र कर्मचारी बीचको समन्व्य जरुरी छ । परवानीपुर गाउँपालिकामा यस भन्दा अगाडि प्रमुख प्रशासकिय अधिकृत सुनील कुमार चौरसियाले कार्यालय प्रमुखको जिम्मेवारीमा काम गर्दै आइरहेका थिए ।
गाउँपालिका कार्यालयमा हाजिर हुन आइपुगेका प्रमुख प्रशासकिय अधिकृतलाई उपाध्यक्ष साबित्री देवी , लेखा अधिकृत मुकेश प्रजापति लगायतका जनप्रतिनिधि र कमर्चारीहरुले अबिर लगाई स्वागत गरेका थिए ।