

पोखरिया । नेपाल कम्युनिस्ट पार्टी एमालेको पोखरिया नगर कमिटी अध्यक्ष बिधाचल ठाकुरको अध्यक्षता नगर स्तरीय बैठक सम्पन्न भएको छ । पोखरिया नगरपालिका वडा -४ पोखरिया बजारमा आयोजना गरिएको बैठक नेकपा एमालेका केन्द्रीय सदस्य तथा पर्सा जिल्ला सह इनचार्ज राजकुमार गुप्ताको प्रमुख आतिथ्यतामा समापन भएको छ ।
बिहिवार सम्पन्न कार्यक्रममा प्रदेश कमिटी सदस्य तथा सबिधान सभा सदस्य प्रधूमन चौहान अतिथि रहेका थिए। कार्यक्रममा पार्टीका विभिन्न विषयहरुमा छलफल साथै पोखरिया नगरपालिकाको उपमेयर पदका उम्मेदवरको लागी रूबी कुमारीकी ठाकुरकी नाम घोषणा गरिएको थियो । कार्यक्रममा १० ओटै वाड्का पार्टी प्रतिनिधिले आफ्नो वाड्का रिपोर्टिङ गर्दै हामिले संगठनलाई अझै मजबुत बनाउनु पर्छ भने निर्णय गरेको छ । साथै आऊदो २२ गते नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमंत्री केपी शर्मा ओली आऊने कार्यक्रमको ब्यापक प्रचार प्रसार गरी पोखरिया नगर कमिटीबाट २ सय मोटरसाइकलको र्याली निकालने समेत निर्णय गरेको नगर कमिटी सहसचिव मुस्तुफा आलमले जानकारी दिए ।
बैठकलाई सम्बोधन गर्दै नेकपा एमालेका नेता गुप्ताले आगामी स्थानीय तहको र संघीय निर्वाचनलाई केन्द्रमा राखेर संगठन र जनपरिचालनका लागि सबैले सक्रियता पुर्वक लाग्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा प्रदेश कमिटी सदस्य संजीव मिश्रा , जिल्ला कमिटी सदस्य सुनील कुशवाहा , लक्ष्मीना कुशवाहा ,भगवान कुर्मी , राधा साह कानु , रामेश्वर चौहान , सुरेश पासवान , नगर कमिटी सचिव संतोष गिरी लगायतकाले उपस्तिथि रहेको थियो।