वीरगञ्ज : जनता समाजबादी पार्टी पर्साका सचीव तबरेज अहमद राष्ट्रिय भूमी आयोग पर्सा को अध्यक्षमा नियुक्त भएका छन । राष्ट्रिय भूमि आयोग जिल्ला कार्यसमिति पर्साको अध्यक्षमा तबरेज अहमद नियुक्त भएका हुन् । नेपाल सरकारको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव रामप्रसाद थपलियाद्वारा हस्ताक्षरीत नियुक्ति पत्रमार्फत अहमदलाई अध्यक्षमा नियुक्ति गरिएको हो । आज बिहिवार बसेको नेपाल सरकारको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयबमोजिम राष्ट्रिय भूमि आयोग गठन आदेश २०७८ को दफा ८ को उपदफा १ को खण्ड (क) बमोजिम अहमदलाई अध्यक्षमा नियुक्त गरिएको सचिव थपलियाद्वारा हस्ताक्षरित नियुक्ति पत्रमा उल्लेख छ । भूमि सम्बन्धी समस्या समाधानका लागि आफु नेतृत्वको समितिले सक्रिय भूमिका निर्वाह गर्ने पनि अध्यक्ष अहमदले यात्राडेलीसँगको संवादमा भने । अध्यक्षमा निर्वाचित भएसँगै बिहिवार नै अहमदले सपत ग्रहणसमेत गरेका छन् । राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशब निरौलाले सपत ग्रहण गराएका हुन् ।