वीरगन्ज २ पुष : नेपाल वायुसेवा निगमले आज देखि भारतको नयाँ दिल्ली उडान भर्दैछ । कोभिड–१९को महामारीका कारण चैत ११ गतेबाट प्रतिबन्ध गरिएको नेपाल–भारत उडान करिब नौ महिना पछि आज देखि सञ्चालनमा ल्याउन लागिएको हो । काठमाडौ–नयाँदिल्ली गन्तव्यमा नेपाल–भारत दुवै देशले दैनिक दुई वटा उडान भर्ने निगमले जनाएको छ । निगमको एयरबस ए ३२० विमान काठमाडौं एयरपोर्टबाट दिउँसो साढे ११ बजे दिल्लीका लागि प्रस्थान गर्ने त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल स्रोतले जनाएको छ । निगमले उडानका लागि सबै आवश्यक प्रक्रिया पुरा गरिसकेको नेपाल नागरिक उड्यन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए । उनकाअनुसार अहिलेका लागि प्रतिदिन एउटा उडान हुने गरी तयारी भएको छ । करिब आठ जना बिजनेस क्लास र १ सय ३८ जना इकोनोमिक क्लासको यात्रु लिएर उक्त विमानले काठमाडौंबाट दिल्लीका लागि उडान भर्नेछ ।