बिरगंज । पर्साको पकाहामैनपुर गाँउपालिकामा आज नेकपा एमालेको पालिका स्तरिय बैठक तथा पार्टी कार्यालयको उद्घाटन सम्पन्न भएको छ । पालिका अध्यक्ष अकलेश साहको अध्यक्षता एवं नेकपा एमालेका केन्द्रिय सदस्य राजकुमार गुप्ताको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी गुप्ताले बैशाख ३० मा हुने स्थानिय निर्वाचनको तयारीमा जुट्न स्थानिय नेता कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले टोल टोलमा संगठन निर्माण तथा पार्टी प्रवेश कार्यक्रमलाई निरन्तरता दिन आग्रह गनुभयो । संबिधान सभाका सदस्य समेत रहेका गुप्ताले केपी ओलीको प्रमुख आतिथ्यिमा चैत्र २२ गते वीरगंजमा हुने वृहत आम सभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सफल पार्न यस पालिकाबाट पनि अधिक मात्रामा कार्यकर्ता उर्तान निर्देशन दिए । कार्यक्रममा प्रदेश कमिटी सदस्य तेजप्रकाश निषाद,नेकपा नेता शिव पटेल, पालिका सचिव राजेश सहनी, ओविसीका केन्द्रिय सदस्य प्रमोद पटेल लगायतको उपस्थिती रहेको युवा नेता भगवानलाल कुर्मीले बताए ।