पर्साको ग्रामिणभेगमा अगामी बैशाख ३० गते हुने चुनावको लागि उम्मेद्वारहरुको चहल-पहल बढेको छ।पर्साको पटेर्वासुगौली गाऊँपालिका अध्यक्ष र वडाध्यक्षका नेकपा एमालेका प्रत्यासी उम्मेद्वारहरु गाउँ गाउँ देखि टोल-टोलमा अध्यक्ष पदका उम्मेद्वार हरिनरायण चौधरीले आफ्नो कार्यकर्ताहरुसङै घरदैलो कार्यक्रम गर्नु भएको छन।गापाको वडा नम्बर,४ फरहदवा,सुगौली,पथरैया सङै वडा नम्बर,२ बेलवा, बैधनाथपुर,गादी,रङ्गपुर टाडी हुँदै वडा नम्बर,१ बैरिया,मलाही, कन्चनपुर ,सोनबर्सा, गदियानी,भतौडामा घरदैलो कार्यक्रम सम्पन्न भएको ने क पा एमाले पार्टीका चौधरीले जानकारी दिनु भएको हो।आफ्नो पार्टीका उम्मेद्वारहरुलाइ जिताउन पक्षमा प्रत्येक घरमा पुगी भोट माग्दै घरदैलो कार्यक्रम सम्पन्न भएको स्थानिय ने क पा एमाले नेता शनि महतो थारुले बताए।