पर्सा । सखुवा प्रसौनी गाउँपालिकामा शनिबार निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ । जनसेवा साँझा युवा क्लब तथा न्यु त्रिलोकी क्लिनिक वीरगञ्जको संयुक्त आयोजनमा सखुवा प्रसौनी गाउँपालिकाको चिरंजिवी महतो पोखरी नजिक भएको सो शिबिरमा ४३० जना स्वास्थ्य परिक्षण गरिएको हो ।
उक्त शिबिरमा स्त्री, नाक, कान तथा थाईराई रोगका बिरामीह?को स्वास्थ्य परिक्षण गरिएको न्यु त्रिलोकी क्लिनिकका श्याम गुप्ताले जानकारी दिनु भयो । शिबिरमा डा शिव कुमार झा, डा.मिता महर्जन झा, डा.आमोद श्रेष्ठ तथा डा.प्रिया प्रियादर्शनी झाले स्वास्थ्य सेवा निशुल्क प्रदान गरेको गुप्ताले बताउनु भयो ।