

तराई–मधेसमा महायज्ञको मौसम शुरू भएसँगै पर्सा जिल्ला पनि प्रभावित भएको छ। पर्सा जिल्लाको विभिन्न ठाउँमा महायज्ञ शुरू भएको छ।पर्सा जिल्लाको बिन्दबासिनी गाऊँपालिकाको वडा न १ गर्दौलमा शनिबारदेखि ९ दिने महारुद्र यज्ञ शुरू भएको छ। नेकपा एमालेका केन्द्रीय सदस्य तथा पर्सा जिल्ला सह इनचार्ज राजकुमार गुप्ताले यज्ञ , यज्ञशाला र रामलीला हुने नाटकीय स्थलको शनिबार रेबन काटी उद्घाटन गरेका हुन ।यज्ञको उद्घाटन गर्दै केन्द्रीय सदस्य गुप्ताले महायज्ञले मानव समाजमा कल्याण गर्ने र शान्ति निर्माणको लागि महत्वपुर्ण भुमिका खेल्ने विस्वास व्यक्त गरेका हुन ।धर्म र संस्कृतिको संरक्षण र सम्बर्द्धनले नै मानिसलाई चरित्रवान बनाउने बताए । समाजका खराबीको निराकरण गरी शान्त, समृद्ध र सुखी जीवन निर्माण नै यज्ञको उद्देश्य भएको उनले बताए । धार्मिक कार्यले मानिसलाई अनुशासित बनाउने हुँदा यसको अभ्यास निरन्तररूपमा गर्दा फाइदा हुने बताए।महायज्ञको लागि शुक्रबार जलयात्रा निकालिएको थियो । बिन्दबासिनी गाऊँपालिकाका स्थानीयवासी सहयोगमा ९ दिने महायज्ञ शान्ति, अमनचयनको लागि आयोजना गरिएको हो। यज्ञ उद्घाटन समारोहमा नेपाल पत्रकार महासंघ मधेश प्रदेश सचिव श्याम बंजारा , पर्सा जिल्ला अध्यक्ष अनूप तिवारी , कोषाध्यक्ष संजीव मिश्रा ,नेकपा एमाले महानगर कमिटी उपाध्यक्ष महेश दास , नेकपा एमाले बिन्दबासिनी गाऊँपालिका कमिटी अध्यक्ष गमिरा साह , वडा अध्यक्ष सग़ीर मियाँ लगायतको सहभागिता रहेको थियो।