वीरगंज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेशमा विकासको लागि एमाले नै चाहिने बताउनुभएको छ ।
मंगलबार वीरगंजमा आयोजित बृहत पार्टी प्रवेश तथा आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफुले ६० बर्ष मधेशमै बिताएको बताउदै तराई मधेशको समस्या आफुभन्दा बढी कसैलाई थाहा नभएको बताउदै मधेश विकासको लागि एमाले नै सतामा आउनुपर्ने जिकिर गर्नुभयो ।
तराई मधेशमा नेकपा एमालेको सरकारले थुप्रै बिकास निर्माणको काम गरेको बताउदै अध्यक्ष ओलीले मधेसी जनतालाई भ्रममा पारेका केही नेताहरुले आफूलाई मधेसी विरोधी भनेर मिथ्या हल्ला चलाएको भएपनि आफू सदैव मधेस र मधेसीको पक्षमा भएको ओलीले जिकिर गर्नुभयो ।
ओलीले भने,‘म आफै मधेसको मान्छे हु, ६० वर्षसम्म मधेसमै बसेको मान्छे हुँ, मधेसमा मैले हलो जोतेको छु, खेतमा पैनी (कूलो) को पानी लगाएको छु, भैसीमा चढेर वस्तुभाउ चराएको छु ।
मधेस विरोधी भन्नेहरुले भन्दै गरे तर आफूले मधेसको विकासमा काम गर्दै गरेको उनले सुनाए। ओलीले भने,‘तराइ मधेसका बाटोघाटो चौडा र चिल्लो पार्ने केपी ओली, हुलाकी सडक बनाउने केपी ओली, एयरपोर्ट बनाउने केपी ओली, खेतखेतमा सिँचाई पुरयाउने केपी ओली अनि मधेस विरोधी केपी ओली कसरी भयो? ओलीलाई मधेस विरोधी भनेको सुन्दा अच्चम लाग्छ ।
अध्यक्ष ओलीले नेकपा एमालेको सरकार हुदा ढल्केवर–जनकपुर सडक निर्माण , सुनकोशी डाईभर्सन लगायतका थुप्रै ठुला विकासका काम गरेको बताउनुभयो ।
अध्यक्ष ओलीले मधेशका नाममा आफनो ठेकेदारी चलाउने दलालहरुले केपी ओली मधेश बिरोधी भएको चित्रण गर्दै आफनो सता स्वार्थमा रमिरहेको टिप्पणी गर्नुभयो ।
अध्यक्ष ओलीले नेकपा एमाले मधेश बिरोधी नभई मधेशको विकासका निम्ति , बुढापाखा र केटाकेटीलाई समेत हेर्ने पार्टी रहेको दाबी गर्नुभयो ।
आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफनो पार्टी सतामा आए वीरगंजमा विकासको लहर ल्याउने बताउदै वीरगंज महानगरलाई चक्रपथ सहितको चौडा बाटो निर्माण , प्राविधिक शिक्षलय , मेडिकल शिक्षालयको हब बनाउने आश्वासन दिनुभयो ।
अध्यक्ष ओलीले बर्तमान सरकारप्रती टिप्पणी गर्दै बर्तमान सरकार जनमतको सरकारको नभई नौसिंगे र परमाधेशी सरकार भएको टिप्पणी गर्नुभयो ।
अध्यक्ष ओलीले नेकपा एमालेको मुल नारा समृद्घ नेपाल सुःखी नेपालीको मुल लक्ष्यका साथ अगाडी बढेको बताउदै देशको बिकासको लागि नेकपा एमाले नै सतामा आउनुपर्ने दाबी गर्नुभयो ।
एमाले पर्साका अध्यक्ष जयप्रकाश थारुको अध्यक्षतामा भएको कार्यक्रमलाइ एमाले सचिव एंव पूर्वमन्त्री रघुवीर महासेठ, पोलिटब्युरो सदस्य एंव पूर्वमन्त्रीद्धय प्रभु साह र ज्वाला साह, नवप्रवेशी वीरगन्ज महानगरपालिका नगरप्रमुख विजय सरावगी, नेता शीव पटेलल लगायतले पनि सम्बोधन गर्नुभयो ।


पर्साका तीन पालिकाका उप–प्रमुख एमालेमा प्रवेश
नेकपा एमाले पर्सा जिल्ला कार्यसमितीले आयोजना गरेको बृहत पार्टी प्रबेश कार्यक्रममा पर्सा जिल्लाका तीन पालिका उपाध्यक्षले पार्टी प्रबेश गरेका छन ।
वीरगंजको घण्टाघर स्थित पार्कमा आयोजित बृहत पार्टी प्रवेश कार्यक्रममा बहुदरामाई नगरपालिकाका उप–प्रमुख गायत्री देवी , सखुवाप्रसौनी गाउपालिकाकी उपाध्यक्ष फुलमती देबी थरुनी , धोबिनी गाउपालिकाका उपाध्यक्ष पारस राउत कुर्मी , बीरगंज महानगरपालिका वडा नंं.५ का वडाध्यक्ष बिशवराज पटेल, विश्रामपुरका तत्कालिन गा.विस अध्यक्ष तथा नेपाली कांग्रेसका नेता राजदेव यादव लगायतकाले पार्टी प्रवेश गरेका छन ।
नवप्रवेशीहरुलाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली अबिर टिका लगाई पार्टीमा स्वागत गर्नुभयो ।
बहुदरामाई नगरपालिकाका उप–प्रमुख गायत्री देवी नेपाली कांग्रेसबाट निर्वाचित हुन । यस्तै सखुवाप्रसौनी गाउपालिकाकी उपाध्यक्ष फुलमती देबी थरुनी र धोबिनी गाउपालिकाका उपाध्यक्ष पारस राउत कुर्मी जसपा नेपालबाट निर्वाचित जनप्रतिनिधी हुन ।
विगत केहि महिनादेखि पर्सा जिल्लामा जसपा लगायतका दलबाट नेकपा एमालेमा पार्टी प्रबेश गर्नेको लहर बढेको छ । बिशेष गरि पर्सा क्षेत्र नं.३ बाट संविधानसभा सदयस्य तथा नेकपा एमालेका केन्द्रिय सदस्य राजकुमार गुप्ताको बिशेष पहलमा जनप्रतिनिधी तथा विभिन्न पार्टीका जनप्रतिनिधी , नेता तथा कार्यकर्ताहरु एमालेमा प्रवेश गर्नेको लहर बढेको छ ।
यसभन्दा अगाडी जसपाबाट निर्वाचित वीरगंज महानगरपालिका प्रमुख विजय सरावगी एमालेमा प्रबेश गरेका थिए ।.jpeg)