

मधेशी पत्रकार समाज नेपाल द्वारा आयोजित बि पी सी स्कुल बिरगंजमा हिरो औफ मधेश कार्यक्रम भब्यताका साथ आज समपन्न भएको छ।बिरगंज भारतिय दुतावासका काउन्सलर शैलेन्द्र कुमारको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बिभिन्न बक्ताहरुले मधेशी पत्रकार आफ्नो मधेशी पहिचान ,सम्मान र अभियानको लागि सधै एकृकित भई अगाडी बढेर समाजमा भईरहेको बिभिन्न कुप्रथा,कुरिती र बिकृति लाई अन्तय गर्नु पर्ने कुरामा बिशेष जोड दिईएको थियो।मधेशी पत्रकार समाज नेपाललाई आज अन्य संधहरु कमजोर दृष्टिले हेर्न गरेको पाईएको छ। सम्पुर्ण मधेशी पत्रकार हामी एक भई भएको कमीकमजोरी लाई सुधार गरि अगाडी बढन बक्ताहरूले आग्रह गर्नु भयो।मधेशी पत्रकार समाज नेपालका केन्द्रीय अध्यक्ष मोहन कुमार सिंहको अध्यक्षतामा भएको कार्यक्रममा बिशिष्ट अतिथी अशोक टिडेवाल,डा.दिपक शाक्य,ज.स. पा.का नेत्री रम्भा मिश्रा,शिवजी सोनी,पोखरिया नगरपालिकाका उप-मेयर सालमा खातुन,पत्रकार आर .सी यादव,आशिक अंसारी, दिपेन्द्र प्रजापति,लगायत बिभिन्न मधेशी पाटीका नेता तथा पत्रकारहरुको उलेख्निय उपस्थिती रहेको थियो। कार्यक्रममा बिभिन्न मधेशी नेता तथा पत्रकारहरुलाई गम्छा ओढाई टिका लगाई प्रमाण -पत्र सहित सम्मान गरिएको थियो।कार्यक्रमको सहजिकरण श्याम गुप्ताले गर्नु भएको थियो।