सखुवाप्रसौनी । सखुवाप्रसौनी गाउँपालिका वडा २ को गुलवरीया टोलमा हुन गइरहेको बिष्णु महायज्ञको निस्केको कलश यात्रामा टयाक्टरमा सवार एक बालकको टयाक्टरबाट लडेर किलचिएर मृत्यु भएको छ।
मृत्यु हुने सखुवाप्रसौनी गाउँपालिका वडा २ बस्ने धनिक यादवको छोरा अन्दाजी ५-७ बर्षको रितेश प्रसाद यादवको टयाक्टर नम्बर प्रदेश २-५१०३-१ त ४०९४ नम्बरको टयाकटरले किचेर मृत्यु भएको ईलाका प्रहरी कार्यलय पटेर्वासुगौलीका प्रहरी नयाब निरीक्षक नन्दकिशोर साहले जानकारी दिए ।
ट्याटर चालक सखुवाप्रसौनी वडा ५ बस्ने प्रदिप प्रसाद यादवलाई ईलाका प्रहरी कार्यलय पटेर्वासुगौलीमा राखिएको छ ।