बिरगंज । पर्साको जिराभवानी गाँउपालिका वडा नम्बर १ गम्हरियामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
वडा नम्बर १ गम्हरियामा मंगलबार साँझ मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा पछाडी सवार एकजनाको मृत्यु भएको हो मृत्यु हुने हेमन्त दास रहेका छन् ।
दुर्घटनामा परी गम्भीर घाइते भएका दासको उपचारको क्रममा बीरगञ्जस्थित एलएस न्युरो अस्पतालमा मृत्यु भएको हो । मंगलबार साँझ ५ बजे उनी सवार रहेको भारतिय नम्बरको मोटरसाइकल अनियंत्रित भई पल्टीएको थियो चालकलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।