वीरगंज,पुस ३
बिन्दवासनी गाँउपालिकाले आज देखि एलानी जग्गाहरु खाली गराउन पहल शुरु गरेको छ । गाँउपालिकाको वडा नम्बर १ मा रहेको श्री सातोमाई युवा क्लबको भवन अनाधिकृत रुपले गाँउकै व्यक्तिले कब्जा गरेपछि सो भवनलाई खाली गराउन गाँउपालिकाले पहल शुरु गरेको हो । वडा अध्यक्ष सागिर मियाँले सो भवन खाली गराउन जिल्ला प्रशासन कार्यालय पर्सामा उजिरी दिएका छन । सो उजुरीको आधारमा इलाका प्रहरी कार्यालय पोखरीयालाई खाली गराउन सहयोग गरिदिन वडा अध्यक्ष मियाँले आग्रह गर्नुभएको छ । ईलाका प्रहरी कार्यालय पोखरीयाले ४÷५ दिन भित्र प्रक्रिया पुरा गरी खाली गराउने आस्वासन दिएको छ । गाँउपालिका अध्यक्ष श्रीलाल साह कानुको नेतृत्वमा गएको टोलीले क्लव भवन र बिद्यालयको जग्गा खाली गराउन सहयोग गर्न आग्रह गर्नुभयो । सो अवसरमा कार्यपालिका सदस्य रामाधार मुखिया,गम्भिरा साह, पशुराम यादव, कृष्णा ठाकुर,कपिलदेव तिवारी ,रामक्षति यादव,महेश साह,धनबिर साह ,दशरथ साह ,हरिन्द्र रौनियार लगायतको उपस्थिती रहेको थियो ।