वीरगञ्ज । नेकपा एमालेका युवा नेता अजय कुमार गुप्ताले राष्ट्रिय सिनियर जुडो प्रतियोगितामा वीरगञ्जबाट सहभागी हुने खेलाडीहरुलाई बिदाई गरेका छन् ।
नेपाल जुडो संघले यही चैत २५ गतेदेखि २७ गतेसम्म आयोजना गरेको स्व. अम्बिका बहादुर क्षेत्री राष्ट्रिय सिनियर जुडो प्रतियोगितामा सहभागी हुने खेलाडीहरुको प्रोत्साहनस्वरुप युवा नेता गुप्ताले खाँदा ओढाएर सम्मान गर्दै विदाई गरेका हुन् ।
खेलाडीसँगै प्रशिक्षकहरुलाई पनि गुप्ताले जितेर आउने शुभकामनाका साथ विदाई गरेका हुन् । वीरगञ्जबाट ६० किलो तौल समूहमा अर्जुन पटेल, ६६ किलो तौल समूहमा उमेश ठाकुर हजाम, ९० किलो तौल समूहमा मुकेश कुमार ठाकुर र १ सय किलो तौल समूहमा हिमान्सु गुप्ताले सहभागिता जनाउँदै छन् ।
खेलाडीसँगै प्रशिक्षक राकेश ठाकुर र निर्णायक पृथ्वी आलोक कुश्वाहलाई विदाई गरेका हुन् । गुप्ताले खेलाडी तथा प्रशिक्षकलाई विदाई गर्दै खेल क्षेत्रले वीरगञ्जलाई परिचित बनाउनुपर्नेमा जोड दिए ।