बिन्दबासिनी । पर्साको बिन्दबासिनी गाऊपालिका वडा नम्बर -२ गर्दौलमा आज कार्यक्रम बीच भलिबल टोलीका सदस्यलाई जसपा मधेश प्रदेश सदस्य गौरीशांकॉर साह र बिन्दबासिनी गाऊपालिका अध्यक्ष श्रीलाल साह कानुले गमछा ओढाई , खेल समाग्रि सहितसम्मान गरेका छन । बिन्दबासिनी गाऊपालिका अध्यक्ष कानुले बुधबार आयोजित बधाई तथा सम्मान कार्यक्रममा भलिबल टोलीका खेलाडीलाई खेल सामग्रीसहित सम्मान गरेका हुन ।
सम्मानपछि बोल्दै अध्यक्ष कानुले खेलाडी संरक्षणको लागि गाऊपालिका मार्फत स्वरोजगार कार्यक्रम अघि सारिने बताए । खेल जीवनपछि खेलाडीको आयआर्जनको लागि गाऊपालिकाले मधेश प्रदेश सरकारसँग माग गरेको थप बजेटबाट खेलाडी तथा खेलकुद पृष्ठभूमि भएकालाई स्वरोजगार कार्यक्रममार्फट आर्थिक सहयोग प्रदान गर्ने स्पष्ट पारे ।उक्त कार्यक्रममा अक्षेलाल महतो , दीपेन्द्र पंडित , केशव गिरीलगायतको उपस्तिथि रहेको थियो ।