वीरगंज,पुस ३
प्रौढ सिकाई र शिक्षा सम्बन्धि सरोकारवालाहरु संग छलफल कार्यक्रम सम्पन्न भएको छ । शिक्षाको लागि राष्ट्रिय अभियान नेपालको सहयोग ,शिक्षाको लागि राष्ट्रिय अभियान नेपाल जिल्ला समन्वय समिती पर्साको आयोजनामा र समाजिक संस्था जिल्ला समन्वय समिती पर्साको सहजीकरणमा समाजिक संस्था जिल्ला समन्वय समिति पर्साको सभाहलमा छलफल कार्यक्रम सम्पन्न भएको हो । एनसीई नेपाल डिडिसी पर्साका अध्यक्ष राम नरेश यादवको अध्यक्षतामा भएको कार्यक्रममा रुपक पाण्डे र आस्मान नेपालका मुनीलाल बैठाले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष ईब्राहिम देवान, महासचिव रामप्रवेश साह,कोषाध्यक्ष आनन्त कुमार श्रेष्ठ,श्री नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय गद्रौलका प्रधानाध्यापक रामचन्द्र यादवले धारणा राख्नु भएको थियो ।