पकाहामैनपुर । नेकपा एमालेले पकाहामैनपुर गाउँपालिकाको वडा नम्बर २ मा वडा संगठन कमिटी गठन गरेको छ । हृदयनारायण कुशवाहाको अध्यक्षतामा ३१ सदस्यीय वडा संगठन कमिटी गठन गरिएको हो ।
कमिटीको उपाध्यक्षमा गोपाल बैठा , सचिवमा प्रमोद राज पटेल , उपसचिव शिवनाथ चौहान र दसरत गिरी छन् ।
नेकपा एमाले गाउँपालिका कमिटीका अध्यक्ष अकलेश साह अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले जिल्ला सदस्य बिकाश पाण्डेय , गाऊँपालिका कमिटी उपाध्यक्ष कृष्णा कुशवाहा , सचिव राजेश सहनी, नारद शर्मा, मांछा साह लगायतको उस्तिथि रहेको थियो । नव गठित कमिटीका अध्यक्ष कुशवाहाले स्थानीय तह निर्वाचनमा एमालेको पक्षमा जनमत बनाउन लाग्नुपर्ने बताए ।