वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर २३ प्रसौनी बिर्तामा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
वडाअध्यक्ष अवधकिशोर कुश्वाहको अध्यक्षतामा आयोजित कार्यक्रममा १ सय ७० जना ज्येष्ठ नागरिक, ८६ जना एकल महिला, १२ जना पूर्ण अपाङ्ग र १ सय ७० जना गर्भवति महिलाहरुलाई सम्मान गरिएको छ ।
वडा स्तरिय बजेटबाट ज्येष्ठ नागरिकलाई धोती, गम्छा, गन्जी, गर्भवती महिलालाई हर्लिक्स, एकल महिलालाई साडी तथा पुर्ण अपांगलाई दोसल्ला ओढाई सम्मान गरिएको हो ।
कार्यक्रममा संविधान सभा सदस्य बिचारी यादव, नेकपा एमालेका प्रदेश कमिटी सदस्य बसरुदिन अंसारी, शम्भु गुप्ता, मेघराज पासवान, बाबुराम कौशिक, जिल्ला कमिटी सदस्य ताजुदिन अंसारी लगायतले धारणा राखेका थिए ।
कार्यालय प्रमुख हरिओम चौधरीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सहजीकरण पत्रकार राकेश साहले गरेका थिए ।