वीरगंज । पर्साको सखुवा प्रसौनि गाउँपालिका वडाको नं. १ र ४ मा दलित समुदायको ३ दिने क्षमता विकास तालिम सम्पन्न भएको छ ।सखुवा प्रसौनि गाउँपालिकाको सहयोगमा र परिर्वतन अभियान नेपालको आयोजनामा तालिम सम्पन्न भएको हो ।
दुईटै वडामा छुट्टा छुट्टै भएको तालिममा प्रशिक्षक चन्दन कुमार साह, विशेश्वर प्रसाद साह, जितेन्द्र यादव र दिनेश्वर प्रसाद साहले प्रशिक्षण दिएका थिए ।
आयोजक संस्थाका अध्यक्ष मनोज कुमार यादवको अध्यक्षता र गाउँपालिका अध्यक्ष प्रदिप जैसवालको प्रमुख आतिथ्यतामा भएको तालिम समापन समारोहमा वडाध्यक्षहरु निजामुदिन अन्सारी, रुपलाल कुमार यादव, सलिम मियाँ अन्सारी, विश्वनाथ पटवारी लगायतकाले मन्तव्य राखेका थिए ।
पछाडी पारिएका दलित समुदायका महिला तथा पुरुषहरुको नेतृत्वदायी क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालीमको आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष यादवले जानकारी दिए ।