वीरगंज,पुस ३
अन्र्तराष्ट्रिय आप्रवासी दिवसको उपलक्ष्यमा आज वीरगंजमा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । समाजिक संस्था जिल्ला समन्वय समिती पर्साका अध्यक्ष ईब्राहिम देवानको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा वैदेशिक रोजगारको लागि जाने कामदारको लागि नेपालको कानुनमा भएको व्यवस्था अनुसार कागजात दुरुस्त पारेर रोजगारीमा जान सल्लाह दिएका थिए । यस्ता कार्यक्रम हरेक पालिकामा पालिकाहरु संग समन्वय गरेर जानकारी गराउन वक्ताहरुले आग्रह गरेका छन । सुरक्षित वैदेशिक रोजगारीको लागि मापदण्डबारे व्यापक प्रचार प्रसारमा जोड दिन वक्ताहरुले आग्रह गरेका थिए । एनसीई नेपाल डिडिसी पर्साका अध्यक्ष राम नरेश यादवको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा आस्मान नेपालका मुनीलाल बैठा ,समाजिक संस्था जिल्ला समन्वय समिती पर्साका महासचिव रामप्रवेश साह, कोषाध्यक्ष अनन्त कुमार श्रेष्ठ ,नेरा मा.बि गद्रौलका प्रअ. रामचन्द्र यादव लगायतको सहभागिता रहेको थियो ।