

पर्साको पोखरिया नगरपालिका वडा नम्बर -९ बैरियामा श्री विष्णु महायज्ञको आयोजनाको पहिलो दिन जलयात्रा भव्यताका साथ सम्पन्न भएको छ ।हजारौंको संख्यामा रहेका भक्तजनले कलश यात्रामा सहभागी भएका थिए ।हात्ती ,घोडा तथा बाजागाजा सहित पोखरिया नगरपालिका परिक्रमा गरि नदी घाटबाट जल ल्याई यज्ञस्थल राखेका हुन । सयौं कुमारीहरुले कलश बोकी यज्ञ स्थलमा राखेका हुन ।महायज्ञको पहिलो दिननै हजारौंको संख्यामा भक्तजनको सहभागीले आफूहरुले सोचेको भन्दापनि राम्रो भएको श्री विष्णु महायज्ञका यज्ञ समिति अध्यक्ष किशोरी राउत कुर्मीले बताउनुभयो ।विष्णु महायज्ञ समस्त बैरिया बासीहरुको सहयोगले भईरहेकोले यसलाई अझ सुढृढ बनाउन आफूहरु लागि परेको यज्ञ समितिका अध्यक्ष कुर्मीले बताउनुभयो ।महायज्ञमा प्रत्येक दिन रसलिलाको व्यवस्था गरिएको तथा भरपुर सुरक्षा प्रदान गरिएको यज्ञ समितिका अध्यक्ष ले बताउनुभयो । जलयात्रा कार्यक्रममा पोखरिया नगरपालिकाका मेयर दीपनारायण रौनियार, उपमेयर सलमा ख़ातून, नेकपा एमालेको पोखरिया नगरपालिका प्रत्यासी मेयरको उम्मेदवार प्रधूमन चौहान , उपमेयरको उम्मेदवार बिंदु ठाकुर , जसपाको प्रत्यासी मेयर उम्मेदवार राजु साह , लोसपा मेयर प्रत्यासी उम्मेदवार नेजामुदिन समानी , उपमेयर आशा चौहान , सुशान अभियानका प्रत्यासी उम्मेदवार शंकर यादव जंग समितिका ओमप्रकाश पटेल , बलिराम मुखिया , धर्मेन्द्र पटेल लगायतको उपस्तिथि रहेको थियो ।